Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    डी-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई

    ७ श्रावण २०८१, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट११ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । प्रेस सेन्टर झापाले प्रत्येक वर्ष प्रदान गर्दै आएको देवराज आचार्य (डी-कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकश लामालाई प्रदान गरिएको छ । झापाको बिर्तामोडमा (डी-कौडिन्य) स्मृति पत्रकारिता वितरण समारोहमा दुई दशकबढी समय पत्रकारितामा कृयाशील मेची खबर साप्ताहिकका सम्पादक झुलन रेग्मी र नेपाल टेलिभिजनका झापा प्रतिनिधि डिकेश लामालाई प्रदान गरिएको हो ।

    पुरस्कृत पत्रकारद्वय रेग्मी र लामालाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वो मौसम, बिशिस्ट अतिथि सहिद स्वर्गीय (डि-कौडिन्य) कि पत्नी यमुना आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए । सेन्टरले यसअघि प्रदान गर्दै आएको पुरस्कार रकमलाई वृद्धि गर्दै यो पटक ४२ हजार रकम बनाएको छ । पुरस्कृत पत्रकारद्वय रेग्मी र लामालाई जनही २१ हजार रुपैयाँ, प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

    सो अवसरमा प्रेस सेन्टर नेपाल झापाले स्व. पत्रकार डी- कौडिन्यको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । अक्षयकोषमा पत्रकार सुब्रत न्यौपानेले १० हजार रुपैयाँ, राजेन्द्र गौतमले ५ हजार १ रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव बिमल लामिछानेले स्व. पत्रकार डी-कौडिन्यको जीवनको संक्षिप्त चर्चा गरेका थिए । वि. स. २०२९ सालमा जन्मिएका आचार्यको तात्कालिन बिद्रोहको समयमा २०५९ साल साउन ७ गते राज्यले गरी हत्या गरेको थियो ।

    कार्यक्रममा स्व. आचार्यकी पत्नी यमुना आचार्यले देश निर्माण र राज्यसत्ता परिवर्तनका लागि आफ्नो श्रीमानले गरेको योगदानको स्मरण गराउदै सहिद परिवारको भावनालाई राज्य कुठाराघात गरेको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । प्रमुख अतिथि आङ्वोले सुरुवातमा नेपालमा भएका आन्दोलनबाट एउटा शासकबाट अर्को शासकको हातमा शासन जान बाहेक खासै उपलब्धी नभएको बताउँदै जनयुद्ध र जनआन्दोलनबाट संघीय लोकतान्त्रिक व्यवस्था स्थापित भएको दावी गरे ।

    उनले संस्थागत हुने नसकेको संघीयताको बाँकी हिस्सा संविधान संशोधनमार्फत हुने बताए । आङ्वोले भ्रष्टाचारको केन्द्रको रुपमा स्थानीय सरकार भएको बताए । उनले मुख्य कानुनहरु अझै बनिनसकेको धारणा राखे । फरक प्रसंगमा आङ्वोले नेपालमा चर्चामा रहेको एमसीसी नेपालको हितमै भएको धारणा राख्दै आफू एमसीसीकै पक्षधर रहेको बताए । उनले हाम्रो जस्तो देशले बृहत्तर हितका लागि एमसीसी, बिआरआईजस्ता योजना सहर्ष स्वीकार गर्नुपर्ने बताए ।

    सोअवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका सुब्बा, नारी संचारगृह झापाकी अध्यक्ष रेजिना गौतम, सामाजवादी प्रेस संगठन झाका अध्यक्ष शम्भुजीत दाहाल, प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष प्रदिप परियार, प्रेस युनियनका राजेन्द्र गौतम, पूर्वपुरस्कृत व्यक्तित्वहरुको तर्फबाट अग्रज पत्रकार लीला बराल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले डी-कौडिन्यको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

    त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका सुमन सिंह सी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश महासचिव विवेक गौतम, डी-कौडिन्य पुत्री प्राप्ति आचार्यलगायतले बोलेका थिए । प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा सप्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत र सचिव पुष्प खड्काले संचालन गरेका थिए । कार्यक्रममा स्व.आचार्यसँगै सहिदहरु खगेन्द्र दंगाल, शंखर घिमिरेको समेत चर्चा गरिएको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन

    ११ घण्टा अगाडि

    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा

    २ दिन अगाडि

    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम

    ३ दिन अगाडि

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

    ३ दिन अगाडि

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    ४ दिन अगाडि

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    ६ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    ११ घण्टा अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ दिन अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    ३ दिन अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    ३ दिन अगाडि
    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    ४ दिन अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    ६ दिन अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    ७ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    १ हप्ता अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    १ हप्ता अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.