Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    पाँचथर दुर्घटनाले ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ शोकमा

    १० साउन २०८०, बुधबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    ताप्लेजुङ । मेची राजमार्गको पाँचथर सडक खण्डमा मङ्गलबार भएको बोलेरो जिप दुर्घटनामा परी ताप्लेजुङ ढुङ्गेसाँघुका एक व्यक्तिको मृत्यु भएको पहिचान खुलेपछि गाउँ शोकमय बनेको छ।

    झापाको बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४२ वर्षीय जिनेत्द्रमणिविक्रम वनेमको मृत्यु भएको खबरले गाउँ शोकमय बनेको हो।

    बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप मङ्गलबार दिउँसो फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना भएको थियो। सो दुर्घटनामा परी घाइते एक जनाको पाँचथर अस्पतालमा उपचारको क्रममा निधन भएको खबर सञ्चारमाध्यमहरूमा आए पनि सुरुमा पहिचान खुल्न सकेको थिएन।

    पछाडि मृतकको पहिचान खुल्दा वनेमको निधन भएको थाहा हुन आएपछि ढुङ्गेसाँघु गाउँ शोकमय बनेको मैवाखोला गाउँपालिका १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिए । वडाध्यक्ष तामाङका अनुसार वनेम पछिल्लो समय काठमाडौँमा बस्दै आएको र जिल्लास्थित आफ्नो गाउँ ढुङ्गेसाँघु फर्कने क्रममा जिप दुर्घटनामा परी उनको मृत्यु भएको हो।

    वनेमको मृत्युको खबरले उनका आफन्त, दाजुभाइ, छरछिमेक, इष्टमित्र स्तब्ध हुनुका सार्थ गाउँ नै शोकमय बनेको वडाध्यक्ष तामाङको भनाइ छ।

    दुर्घटनामा परी निधन भएका वनेमको शव हाल पाँचथर जिल्ला अस्पतालमै राखिएको आफन्तले बताएका छन्।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    १० घण्टा अगाडि

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    १ दिन अगाडि

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ३ दिन अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    ४ दिन अगाडि

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    ५ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    १० घण्टा अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    १ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ३ दिन अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ४ दिन अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    ५ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    ६ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    १ हप्ता अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    २ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    २ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.