Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कोशी प्रदेशमा सरकार निर्माणमा सकसै सकस : सात दिनको समयावधिमा सरकार बन्ने सम्भावना न्यून

    १२ साउन २०८०, शुक्रबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई नियुक्त भएको २२ दिनमै पदमुक्त गराएर नयाँ सरकार गठनको लागि सर्वोच्च अदालतले दिएको ७ दिनको समयमा सरकार बन्ने सम्भावना अत्यन्तै न्यून देखिएको छ ।

    अदालतले बिहीबार पुनः संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको छ । सर्वोच्चले सभामुखलाई सरकार गठनमा भूमिका खेल्न नपाउने फैसला सुनाएका कारण आगामी दिनमा सत्ता गठबन्धनले सभामुखलाई प्रयोग गर्नसक्ने बाटो बन्द भएकोे छ । जसले गर्दा एमाले नेतृत्वको सरकार ढालेर गठबन्धनको नेतृत्वमा सरकार बनाएको दलहरूले उपधारा (२) अनुसार सरकार बनाउन आवश्यक बहुमत अर्थात ४७ सांसदको समर्थन ल्याउन सक्ने अवस्था देखिँदैन ।

    सत्ता गठबन्धनले वा विपक्षी गठबन्धनको मत ४६–४६ भएको कारण पुनः दुवै गठबन्धनले राप्रपालाई फकाउनुपर्ने बाध्यता अगाडि आएको छ । आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवस्था सिर्जना भए राप्रपा आफूसँगै आउने भन्दै कांग्रेस र माओवादीले यसअघि पनि दाबी गरिरहेका थिए । तर, कांग्रेसले राप्रपालाई मनाउन सकेन ।

    एता, संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले आफूलाई मुख्यमन्त्री बनाउन माग गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पनि बहुमत जुटाउने सम्भावना कम छ । दुवै पक्षले ७ दिनभित्र बहुमत पु¥याएर सरकार गठनको लागि दाबी पेस गर्न नै समस्या सिर्जना हुने देखिन्छ ।

    एमालेले बहुमत सदस्यको हस्ताक्षर लिएर कोशी प्रदेश सरकार गठनको दाबी गर्न प्रदेश प्रमुखसमक्ष नजाने बताएको छ । रिटको विषयमा फैसला भएपछि एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत रहेर सरकार गठनको दाबी नगर्ने बताउनुभयो । उहाँले कोशी प्रदेश सभामा भएको दलहरूको सदस्य संख्याका आधारमा कांग्रेससहितको सत्तारुढ गठबन्धनको बहुमत नपुग्ने र धारा १६८ को उपधारा (३) अन्तर्गत सरकार गठन हुने दाबी गर्नुभयो । सर्वोच्चले १६८(२) अन्तर्गत रहेर सरकार गठनका लागि ७ दिनको समय दिएको छ । सो समयमा सरकार गठन हुन नसक्ने भन्दै एमाले नेतृत्वको सरकार स्वतः बन्ने दाबी गर्नुभयो ।

    कांग्रेस संसदीय दलका नेता उद्धव थापा कांग्रेसको २९ सांसद, नेकपा (माओवादी) को १२, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद तथा सभामुखको छुट्टै १ गरेर ४७ मत संख्या पु¥याएर गत असार २१ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

    सभामुखको भूमिका सर्वोच्चले प्रष्ट पारेको छ : सभामुख

    कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताउनुभएको छ । उहाँले अब सरकार गठनको प्रक्रियामा आफू संलग्न नहुने प्रतिक्रिया दिँदै भन्नुभयो– ‘सर्वोच्चले दिएको आदेशको सबैले सम्मान गर्नुपर्छ । म पनि सम्मान गरेर अगाडि बढ्छु ।’

    सर्वोच्चको फैसलापछि नैतिक रूपमा राजीनामा दिनुहुन्छ कि भन्ने प्रश्नमा उहाँले त्यस्तो आवश्यकता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘न निवेदकले माग गरेको छ, न सर्वोच्चले भनेको छ । त्यो विषयमा बोल्नुपर्ने केही देखिएन ।’

    सरकार गठन दलहरूको मात्रै विषय भएको जिकिर गर्दै सभामुख गौतमले भन्नुभयो– ‘अब जुन दलले बहुमत पु¥याउँछ, त्यसैले सरकार बनाउँछ । सभामुखको भूमिका नरहने कुरा सर्वोच्चले प्रष्ट गरिसक्यो । दलहरूले पु¥याएर लैजालान् भन्ने आशा गर्ने हो । अब कसले सरकार बनाउने मेरो विषय नै भएन ।’

    आफूले वाध्यता र परिस्थितिका कारण सरकार गठन प्रक्रियामा संलग्न हुनुपरेको भन्दै उहाँले त्यसमा आफूलाई कुनै पश्चाताप नरहेको पनि बताउनुभयो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ३ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ५ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ५ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    ७ दिन अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    १९ घण्टा अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ३ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ५ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ५ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    ७ दिन अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    १ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.