Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मन्त्रिपरिषद् बैठक : सङ्घीय शिक्षा विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृत

    १६ साउन २०८०, मंगलवार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    ????????????? ??? ??????????????? ???????? ??????????? ???????? ????? ??????????????? ?????? ?????? ????????????? ???????? ????? '???????' ??? ????????? ? ??????? ????????? ????/????
    Share
    Facebook Twitter WhatsApp

    काठमाण्डाै । सरकारले बहुप्रतिक्षित सङ्घीय शिक्षा विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आज मङ्गलवारको बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि विधेयक संसदमा पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।

    सङ्घीय प्रणालीअनुसार नै शिक्षा क्षेत्रलाई अगाडि बढाउने योजनाअनुसार विधेयक ल्याइएको सरकारको भनाइ छ ।

    मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को विधेयक समितिले आवश्यक छलफलपछि विधेयक अगाडि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

    यस्तै दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारको पुनःरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने झन्डै २० करोड २२ लाख रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

    लम्पी स्किन महामारीबाट प्रभावित किसानलाई राहत दिने विषयमा पनि बैठकमा विचारविमर्श भएको र आवश्यक प्रस्ताव तयार पारेर ल्याउन बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

    सोमवारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमन्त्री डा. वेदुराम भुसालसहित सरोकारवालाको छलफलमा महामारी प्रभावित किसानलाई राहत दिने बताउनुभएको थियो ।

    त्यही छलफलका आधारमा लम्पी स्किन महामारीबाट पशुचौपाया मरेका किसानलाई राहत दिन लागिएको हो । यसैगरी याे रोग लागेका पशुचौपायालाई निःशुल्करूपमा खोप उपलब्ध गराउन आवश्यक प्रक्रियासमेत शुरु गरिने भएको छ ।

    प्रस्ताव बनाएर अर्को बैठकमा पेस गर्न बैठकले कृषि मन्त्रालयलाई निर्देशन दिएको सरकारकी प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले जानकारी दिनुभयो ।

    त्यस्तै पशुचौपायाको बीमालगायतका विषयमा पनि महत्त्वपूर्ण छलफल भएको उहाँले बताउनुभयो । बैठकले विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली २०८० स्वीकृत गरेको छ । यसैगरी कोशी प्रदेशको सरकार गठनबारे सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले त्यो नियमित र प्रदेशको आवश्यक प्रक्रिया भएको बताउनुभयो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण

    १३ घण्टा अगाडि

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन

    १४ घण्टा अगाडि

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ७ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    १ हप्ता अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण
    १३ घण्टा अगाडि
    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    १४ घण्टा अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ७ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    १ हप्ता अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    २ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.