Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

    २१ साउन २०८०, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    चितवन । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

    रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए ।

    तर गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो । विवाद पछि राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको बताए ।

    अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ ।

    भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिकको रुपमा सन्चालमा ल्याएको घोषणा गरिएको थियो ।

    मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको थियो ।

    रास्वपाले रंग परिवर्तन गर्नुअघि एम्बुलेन्स सेतो रंगको थियो । रास्वपाको झण्डाका रंगसँग मिल्दोजुल्दो हुने गरी एम्बुलेन्समा निलो रंग लगाएर ‘मोबाइल क्लिनिक’ नाम दिइएको थियो । उक्त एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न भन्दै वर्कसपमा पठाइएको स्रोतले बताएको छ ।

    रास्वपाले महिलाहरुका लागि निःशुल्क सन्चालनमा ल्याएको बस पनि अनुमति नलिई निलो रंगमा परिवर्तन गरेको पाइएको यातायात कार्यालय भरतपुरले जनाएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २ दिन अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    २ दिन अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ७ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २ दिन अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २ दिन अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ७ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    ३ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.