Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    झापा क्रिकेट संघको अध्यक्षमा थापा

    २४ साउन २०८०, बुधबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । आगामी चार वर्षको लागि प्रवीण थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै झापा जिल्ला क्रिकेट संघको आठौँ साधारण सभा तथा जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको छ । थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।

    संघको उपाध्यक्षमा वीरु श्रेष्ठ, सचिवमा लाक्पा लामा, कोषाध्यक्ष चोलानाथ दाहाल सर्वसम्मत चयन भएका छन् ।

    सदस्यहरूमा मनोज कट्वाल, हितेन्द्रमान मान श्रेष्ठ, सुरेश गुरागाईँ, अमित श्रेष्ठ, विनीत बास्तोला, कञ्चन उप्रेती, योगेन्द्र खड्का, जिवेश ओली, नारद नेपाल, तुलसी कार्की र हिमाल पोर्तेल विश्वकर्मा सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिए ।

    संघले क्रिकेट खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिममा सहभागी भएर विभिन्न रेकर्डहरू बनाउन सफल राष्ट्रिय महिला क्रिकेट टिमको कप्तान रुविना क्षेत्रीसहित अन्य खेलाडी र दुईजना प्रशिक्षक गरी कुल १२ जनालाई सम्मान गरेको छ । काँकडभिट्टास्थित खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभा हलमा भएको कार्यक्रममा प्रशिक्षकहरू लाक्पा लामा र वीरु श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा खेलाडीहरू रुविना क्षेत्री, सबनम राई, काजल श्रेष्ठ, सङ्गीता राई, लकिता राजवंशी, निङ्मा तामाङ, दिपु भुजेल, ज्योति दर्नाल र रोमा थापालाई सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले सम्मानित सबैलाई संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेकी थिइन् ।

    कार्यक्रममा मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नाइट चेस क्लबका अध्यक्ष राजु कार्की, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शङ्कर थापा, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, होटेल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेश श्रेष्ठ, मेची उद्योग वाणिज्य संघ मेचीनगर अध्यक्ष खेमराज प्रसाईँ लगायतको आतिथ्य रहेको थियो ।

    संघका अध्यक्ष प्रवीण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव लाक्पा तामाङले गरेका थिए भने पूर्व जिल्ला सदस्य तुलसी कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ३ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ५ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ६ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    ७ दिन अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    २० घण्टा अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ३ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ५ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ६ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    ७ दिन अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    १ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.