Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    पत्रकार लक्ष्मी उप्रेतीले स्वेच्छिक रुपमा त्यागे महासंघको सदस्यता

    २५ साउन २०८०, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । मेचीनगरलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका पत्रकार लक्ष्मी उप्रेतीले (सिस्नो)ले स्वेच्छिक रुपमा नेपाल पत्रकार महासंघको साधारण सदस्यता त्यागेको घोषणा गरेकाछन् ।

    आफ्नोा (फेसबुक)सामाजिक संजालमा उप्रेतीले लेखेकाछन् ।

    २०५८ सालको अन्त्यतिर फाट्टफुट्ट लेख्दै गर्दा २०५९ साल बैशाख २१ गते सम्पन्न आधारभूत पत्रकारिता प्रशिक्षणमा सहभागी भएपछि, लेख्ने कर्मलाई निरन्तरता दिन थाले । लेख्ने कर्मले निरन्तरता पाउँद‌ैँ गर्दा २०६१ साल मंसिर १० गते नेपाल पत्रकार महासंघको सदस्य प्राप्त गरे । मेरो सदस्यता नम्वर ६० हो ।

    नेपाल पत्रकार महासंघ झापा शाखाको २०७० साल फागुन ५ गते सम्पन्न निर्वाचनमा महासंघको विधान २०६० को दफा १४ तथा निर्वाचन निर्देशिका २०६४ को दोस्रो संशोधन २०७० बमोजिम म सभासदमा निर्वाचित भए । मैले समयमै आफ्नो दस्तुर बुझाएर नेपाल पत्रकार महासंघको सदस्यता नविकरण गर्ने गरेको छु । २०८० साल सम्म मेरो सदस्यता कायम छ ।
    पत्रकारिताको आधारभूतदेखि प्रो( एक्टिभ न्यूज रिपोर्टिङ सम्मका करिब आधा दर्जन पत्रकारिता सम्बन्धि तालिम प्राप्त गरेको छु ।
    विगतदेखि बर्तमानसम्म आईपुग्दा विवेचना राष्ट्रिय दैनिकको समाचारदातादेखि व्यवस्थापक, प्रमुख सम्वाददाता र सहायक सम्पादक , काठमाडौंबाट प्रकाशित रूपरेखा साप्ताहिकको झापा सम्वाददाता, झापाबाट प्रकाशित पूर्वाञ्चल, पूर्वसन्देश प्रतिदिन दैनिक जन संसद् दैनिकको जिम्मेवारी ठाउँमा रहेर भूमिका तथा धरानबाट प्रकाशित ओैजार राष्ट्रिय दैनिकको मेचीनगर सम्वाददाता दमकको सप्तरंगी एफएम १०१।६ मेगाहर्जको समाचार शाखामा र मेचीनगरबाट प्रशारण भईरहेको एफएम मेची ट्यून्स ९६।८ को कार्यक्रम समय सन्दर्भको कार्यक्रम प्रस्तोताको रूपमा रहे । पिपुल्स टाईम्स साप्ताहिकमा काम गरे ।
    छापा र रेडियो हुदैँ पछिल्लो समय टेलिभिजन प्रस्तोताको रूपमा समेत यहाँहरू समक्ष आउन पाए । सूर्योदय टिभि एण्ड मिडिया प्रालि विर्तामोडबाट नियमित प्रशारण भईरहेको सूर्योदय टेलिभिजनमा कार्यक्रम सन्दर्भ विशेष अन्तरवार्तामुलक कार्यक्रम प्रस्तोता र समाचार शाखामा जिम्मेवारी निर्वाह गरे । हव डिजिटल मिडिया प्रालिद्वार सञ्चालित न्यूज पोर्टल मेरो मेचीनगर डट कमको सम्पादकको जिम्मेवारीमा रहेर पत्रकारिता पेशालाई मर्यादितरूपमा अघि बढाउँदैँ छु । तर, झापाका थुप्रै अनलाईन छापामा समेत समाचार छापिने गरेका छन् । यद्यपि मेरो आवद्धता मेरो मेचीनगर डट कममा मात्र रहेको छ ।
    पत्रकारितामा निरन्तरता रहि रहँदा नेपाल पत्रकार महासंघको सदस्य, केन्द्रीय पार्षद,प्रेस चौतारी नेपालको केन्द्रीय पार्षद, मेची बोडर जर्नलिस्ट एशोसिएसन नेपालको संस्थापक महासचिव र प्रेस क्लव मेचीनगरको अध्यक्षसम्मको जिम्मेवारी प्राप्त गर्ने अवसर मिल्यो ।
    हिजोदेखि आजसम्म मलाई यहाँसम्म पुर्याउन अवसर दिनुहुने सञ्चार उद्यमी, सञ्चार संस्था, मेरो व्यवसायिक संस्था नेपाल पत्रकार महासंघ , प्रेस चौतारी नेपाल, मेरा पत्रकारिताका गुरूहरू, समय समयमा सँगसँगै बसेर कर्म गर्ने सञ्चारकर्मी साथीहरू, पाठक, श्रोता दर्शकलगायत सवैप्रति हार्दिक आभारसहित कृतज्ञता व्यक्त गर्दछु ।
    मैले सञ्चारकर्ममा रहेर जिम्मेवारी वहन गर्दैगर्दा कसैलाई कुनै प्रकारको ठोस पुगेमा मैले जिम्मेवारी र कर्तव्य पुरा गरेको हो भनि बुझिदिन आग्रह गर्दछु ।
    अन्तमा मैले नेपाल पत्रकार महासंघको सदस्य त्याग गरेको घोषण गरेको छु । तर, सदस्यता त्याग गरे पनि विभिन्न सञ्चारमाध्यममा मेरो निजी विचार र लेखका माध्यमबाट जोडिने प्रतिवद्धता व्यक्त गर्दछु ।

    – chautaripost online

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    १९ घण्टा अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ३ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    ७ दिन अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    १ हप्ता अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    २ हप्ता अगाडि

    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १९ घण्टा अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    २ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ३ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    ७ दिन अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    १ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.