Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कवि सिजन श्रेष्ठको कविता संग्रह “हावामा अल्झिएकको स्वर” लोकार्पण

    २७ श्रावण २०८१, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    बिराटनगर – युवा कवि सिजन श्रेष्ठको कवितासङ्ग्रह “हावामा अल्झिएको स्वर” सार्वजनिक भएको छ। मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृति लोकार्पण गर्नुभयो।

    बुकमार्क सहित ५३ कविता समावेश गरिएको यस सङ्ग्रहका बारेमा डा. दीपकप्रसाद न्यौपाने र डा. अस्मिता विष्टले समीक्षा गर्नुभयो। समीक्षकहरूले यस कृतिमा समावेश कविताहरू उत्कृष्ट रहेको र प्रकृति प्रेम तथा माया पिरतीका विषयमा रचिएका कविताहरूले दिन खोजेको भाव अर्थपूर्ण रहेको टिप्पणी गर्नुभयो। ईटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको यो कितावको मूल्य ४०५ रूपैयाँ छ ।

    कवि श्रेष्ठलाई अत्यन्त सिल्प र विशिष्ट प्रेमका कविता लेख्ने कविका रूपमा चिनिन्छ। उनका कवितामा झट्ट पढ्दा बुझ्न नसकिए पनि गहिरिएर अध्ययन गर्दा अत्यन्तै सुन्दर शब्द संयोजन र अर्थ पाइन्छ। उनको लेखनशैलीमा प्रकृतिसँगको गहिरो सम्बन्ध र मानवीय संवेदनाको सूक्ष्म चित्रण पाइन्छ।

    आफ्नो पहिलो कृति प्रकाशित हुँदा हर्षित भएको उल्लेख गर्दै कवि श्रेष्ठले पारिवारिक परिवेश र बुवाआमाको प्रेरणाले सानै उमेरदेखि लेखनमा लागेको उल्लेख गर्दै, प्रकृतिसँग नजिक हुन रुचाउने र प्रकृतिसँग बोल्ने आफ्नो स्वभावले गर्दा कृतिमा प्रकृतिप्रतिको माया उजागर भएको श्रेष्ठले बताउनुभयो।

    लाेकार्पण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर थापा, वडा अध्यक्षहरू लगायत अन्य जनप्रतिनिधि, प्राध्यापक, समाजसेवी, विद्यार्थी र साहित्यकारहरूको उपस्थिति थियो।

    कवितासङ्ग्रहको प्रकाशनले नेपाली साहित्य जगतमा एक नवीन र प्रतिभाशाली कविको उदय भएको सहभागीले बताए । श्रेष्ठको यो कृतिले पाठकहरूलाई नयाँ दृष्टिकोण र गहन अनुभूतिको यात्रामा लैजाने अपेक्षा गरिएको प्रकाशक सं‌स्था इटर्नल पब्लिकेसन प्रा‍लिले जनाएकाे छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    १८ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    १९ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ६ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १८ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १९ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.