Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम

    सन्देश पोस्टBy सन्देश पोस्ट२ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह– २०२५ मंगलबारदेखि शुरु भएको छ । बाहुण्डाँगी जेसीजले सप्ताहको उद्घाटन रन बाहुण्डाँगीबाट गरेको छ । मंगलबार सम्पन्न १२ किलोमिटर दौड प्रतियोगितामा अर्जुन बस्नेतले प्रथम स्थान हासिल गरेका छन् । उनले नगद १५ हजार प्राप्त गर्नेछन् ।

    दौड प्रतियोगिताको दोश्रो स्थानमा रिदन विश्वकर्मा र तेस्रो स्थान विप्लव श्रेष्ठले हासिल गरेका थिए । उनीहरुले क्रमशः १० हजार र ५ हजार नगद प्राप्न गर्नेछन् । पुरस्कार समापन कार्यक्रममा वितरण गरिनेछ । अर्जुनले ५१ औँ मिनेटमा, रिदमले ५२औ तथा विप्लबले ५३ औँ मिनेट दौड पुरा गरेका थिए । ८५ जना सहभागी दौड प्रतियोगिताको चौथो स्थानमा युवराज मगर, पाँचौँमा निश्चल कार्की, छैठौँमा रोशन लकान्द्री, सातौमा निर्मल घिमिरे, आठौँमा उप्सन राई, नवौमा अनुराज मगर र दसौँ स्थान अमन तामाङले हासिल गरेका थिए । उत्कृष्ट १० लाई प्रमाणपत्रसहित सम्मान गरिनेछ ।

    प्रतियोगितामा प्रथम पुरस्कार विद्या विकास एकेडेमी, दोश्रो पुरस्कार आर्याना कृषि फर्म तथा तेश्रो पुरस्कार अधिकारी भेट्स फर्माले उपलब्ध गराएका थिए भने खेलाडीलाई टिसर्ट जमघट चियाले उपलब्ध गराएको थियो । दौड बाहुण्डाँगी, मेचेडाँगी, बौद्धमोड, भृकुटी हुँदै बाहुण्डाँगीमा समापन भएको थियो ।

    बाहुण्डाँगी जेसीजका अध्यक्ष नित्यानन्द चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा बाहुण्डाँगी जेसीजका मानार्थ सदस्य विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । जेसीज सप्ताहको मुल संयोजकमा कौशल उप्रेती रहेका छन् भने दौड प्रतियोगिताको संयोजकमा न्यूटन कार्की रहेका थिए । कार्यकारिणी उपाध्यक्ष रोशन गिरीले आस्था वाचन तथा किरण गौतमले मिसन भिजन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन महासचिव शुष्मा मिश्रले गरेकी थिइन् ।

    जेसीज सप्ताहको दोश्रो दिन प्रथम निःशुल्क कम्प्युटर तालिम उद्घाटन तथा प्लस टु उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिने कार्यक्रम रहेको छ । त्यसैगरी, तेस्रो दिन ट्राफिक सचेतना/ जेब्रा क्रसिङ निर्माण, चौथो दिन डस्टविन वितरण, पाँचौ दिन पिउने पानी वितरण जस्ता कार्यक्रम सम्पन्न गर्ने लक्ष्य बाहुण्डाँगी जेसीजले राखेको छ ।

    भदौ ३ गते मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा जेसीज सप्ताह समापन हुनेछ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    ३ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    ४ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ५ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    ३ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ४ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ५ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    २ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.