Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नेपाल छिर्न लागेका बङ्गलादेशीलाई विराटनगरको रानी नाकाबाट फर्काइयाे

    २९ श्रावण २०८१, मंगलबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    विराटनगर । बङ्गलादेशमा हिंसा चर्किएपछि भारत हुँदै नेपाल प्रवेश गर्न खोज्ने तीन जना बङ्गलादेशीलाई विराटनगरस्थित रानी नाकाबाट फर्काइएको छ । मंगलबार मध्यान्ह २ जना र केही दिनअघि एक गरी तीन जनालाई रानी नाकाबाट फर्काइएको हो। उनीहरूलाई प्रहरीले नाकामै रोकेर भारततर्फ फर्काइएको छ ।

    कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्र कुँवर खापुङले भारतको जोगवनी हुँदै मंगलबार रानी नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई भारततिरै फिर्ता पठाइएको हो । 

    उनीहरू परिवारकै आफन्त भएको बुझिएको पनि खापुङले बताए । त्यसैगरी एक साताअघि पनि जोगवनीबाट रानी नाका हुँदै नेपाल प्रवेश गर्न प्रयास गर्ने बङ्गलादेशका नागरिक उदीप सरदारलाई प्रहरीले रोकेर फिर्ता पठाएको थियो ।

    बङ्गलादेशमा विकसित राजनीतिक घटनाक्रम र हिंसात्मक आन्दोलनपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ।

    बङ्गलादेशको राजनीतिक घटनाक्रमको असर नेपालसम्मै पर्न सक्ने जोखिमलाई ध्यान दिँदै गृह मन्त्रालयले नेपालका अन्तर्राष्ट्रियस्थल सीमा क्षेत्रबाट हुने आवागमनलाई सूक्ष्म निगरानी गर्न र अवैध घुसपैठ नियन्त्रण गर्न सुरक्षा संयन्त्रको उपस्थिति बाक्लो बनाएको हो ।

    ‘बंगलादेशीको अवैध घुसपैठ रोक्न सीमामा कडा निगरानी सुरु गरेका छौ,’ कोशी प्रदेश प्रहरी प्रमुख खापुङले भने, ‘भारतसँग सीमा जोडिएका नाकाका जिल्लाहरू मोरङ, सुनसरी, झापा र इलामका सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ।’ 

    खासगरी पूर्वी नाका रानीबाट नेपाल प्रवेश गर्ने बङ्गलादेशी नागरिकलाई सीमाबाट फर्काउने काम भएको छ ।  फर्काइएकाहरू पहिलेबाटै भारतमा रहेका या राजनीतिक संकटपछि भारत छिरेका खुल्न नसकेको उनले बताए । 

    बङ्गलादेशबाट दूरीको हिसाबमा नजिकको नाका काँकडभिट्टा हो । फर्काइएका बङ्गलादेशी नागरिक रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्नुलाई थप अनुसन्धानपछि भन्न सकिने उनले बताए ।

    नेपालको झापाबाट बङ्गलादेश राजधानी ढाका करिब ५ सय किलोमिटर टाढा पर्छ । मेची पुलबाट बङ्गलादेश जोड्ने फूलबारी नाका पनि करिब ३८ किलोमिटर मात्रै टाढा पर्छ । फूलबारी नाकाबाट रानी १ सय किलोमिटर दूरीमा छ ।

    झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बङ्गलादेशी नागारिक अवैध रुपमा नेपाल प्रवेश गर्न सक्ने आधारमा सीमानाकामा कडाइ गरिएको बताए ।

    तर उनले अहिलेसम्म काँकडभिट्टा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशीलाई फेला नपरेको बताए ।

    बास्तोलाका अनुसार झापाको काँकडभिट्टा, भद्रपुरलगायत खुला नाकामा सुरक्षा सतर्कता बढाइएको छ । झापाको बाहुनडाँडी, नकलबन्दा, कचनकबल, गौरीगन्ज जस्ता नाकाबाट बङ्गलादेशीको  प्रवेश गर्न सक्ने भन्दै प्रहरीले निगरानी बढाएको जनाएको छ । 

    ‘कुनै बहानामा बंगलादेशीको घुसपैठ हुन नदिन हामी सतर्क छौँ,’ झापाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले भने, ‘केन्द्रबाटै नाका कडाइ गर्ने स्पष्ट निर्देशन आएको छ, हामीले त्यहीअनुरूप निगरानी गरेका छौँ।’

    नेपालको झापाबाट बङ्गलादेशको राजधानी ढाका करिब ५ सय किलोमिटर टाढा पर्छ । मेची पुलबाट बङ्गलादेश जोड्ने फूलबारी नाका करिब ३८ किमि मात्रै टाढा पर्छ । नेपालका कर्णालीबाहेक ६ वटै प्रदेशका विभिन्न जिल्ला भारतसँग जोडिएका छन् ।

    छिमेकी देश बङ्गलादेशमा पछिल्लो महिना दिनयताको विकसित राजनीतिक परिस्थितिका कारण बङ्गलादेशीहरू धमाधम देश छाड्दै छन् ।

    उनीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएकाले सरकारले सिमाना क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

    नेपालको पूर्व–पश्चिम र दक्षिणको गरी २६ जिल्लाहरू भारतसँग जोडिएका छन् । भुटानी शरणर्थी र रोहिंग्यापनि  शरणार्थीका रुपमा पहिला यसरीनै नेपाल प्रवेश गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    २ हप्ता अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    २ हप्ता अगाडि

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    ३ हप्ता अगाडि

    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार

    ३ हप्ता अगाडि

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    ४ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    २ हप्ता अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    २ हप्ता अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    ३ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    ३ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    ४ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    १ महिना अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    १ महिना अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.