Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नेपथ्य अमेरिका शृंखला: नेपालीपन खोजिरहेका दर्शकको भावनात्मक भेल

    ३ भाद्र २०८१, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    कोलम्बस। 

    राणाशासन विरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे’सँग नन्दू खतिवडाको खासै साइनो छैन ।

    डेढ वर्षको उमेरमा भुटानबाट लखेटिएर बाबुआमासँगै नेपाल आएका उनी १९ वर्ष पुगेपछि शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगे । अहिले ३१ वर्ष पुग्दा उनलाई कुनै कुराको लालसा छ भने त्यो हो – नेपालीत्वको ।

    गत  शनिबार बेलुकी हलभरि नेपाली राष्ट्रिय झण्डा फहराएर उफ्रिरहेका मानिसहरूको भिडमा नन्दू पनि उत्तिकै आनन्दसाथ नाचिरहेका देखिन्थे ।

    ‘नेपाली पहिचानमै आधारित नेपथ्यले मेरो जीवनमा कति महत्व राख्छ भनेर साध्य छैन,उनले भने, ‘उमेरले मेरा बाभन्दा जेठा भइकन पनि लोकभाका गाउँदै छमछमी नाच्ने अमृत दाइको ऊर्जा देखेर मैले आज आँसु थाम्न सकिनँ ।’

    झापाको खुदुनाबारीमा हुर्केका नन्दू नेपथ्यका गीत आफ्ना निम्ति धार्मिक मानिसलाई भजन भनेजस्तै प्रिय रहेको बताउँछन् ।
    ‘दुई घन्टासम्म मलाई ध्यानमा बसेजस्तै भइरह्यो,’ पत्नीसहित आएका उनले थपे, ‘आजको साँझ मैले जीवनकै एउटा महत्त्वपूर्ण क्षण अनुभव गरेँ ।’

    कन्सर्ट अवधिभर नन्दूजस्तै रमाएका दर्शकहरूले भरिएको सिङ्गै ‘केम्बा लाइभ’ हल ध्वनि, प्रकाश र खचाखच भिडको उत्साहले उचालिएको थियो ।

    अमेरिकाको पश्चिमी भेगमा अघिल्ला दुइवटा कन्सर्ट सम्पन्न गरेर मध्यपश्चिमी राज्य ओहायोको राजधानी कोलम्बस आइपुगेको नेपथ्यको तेस्रो प्रदर्शन पनि उत्तिकै भव्य रूपमा सम्पन्न भएको छ ।  

    १५ औं शताब्दीका प्रसिद्ध अन्वेषक क्रिस्टोफर कोलम्बसको सम्झनामा यो सहरको नामकरण गरिएको हो । दुई सय वर्ष पुरानो यस सहरमा साढे दुई दशकयताका तथ्यांकहरूले देखाएअनुसार अन्य जातिको तुलनामा एसियाली तथा दक्षिण अमेरिकी मुलुकका आप्रवासीहरूको जनसंख्या उल्लेख्य वृद्धि भइरहेको छ । 

    पुनर्वास कार्यक्रम अन्तर्गत नेपाली भाषी भुटानी शरणार्थीहरूको सबैभन्दा ठूलो संख्यालाई अमेरिका ल्याइएको थियो, जसमध्ये झण्डै एक तिहाइको बसोबास यसै राज्यमा देखिन्छ ।

    त्यसबाहेक पनि नेपालीहरूको यहाँ उल्लेख्य उपस्थिति छ । यसरी आप्रवासीहरूको संख्या बढेसँगै त्यसै अनुपातमा आफ्नो पहिचान र संस्कृतिको पनि खोजी बिस्तारै बढ्न थालेको स्थानीयहरू बताउँछन् ।

    ‘हाम्रै कतिपय नेपालीले अमेरिकामा आफ्ना केटाकेटीलाई नेपाली नसिकाएको पनि भेटेँ,’ कन्सर्टको मध्यतिर अमृतले भावुक हुँदै भनेका थिए, ‘बालबालिकालाई उनीहरूको जरासँग जोड्न र अरु केही नभए पनि उनीहरूका हजुरबा–हजुरआमासँग संवाद गर्नकै लागि पनि नेपाली बोल्न लगाउनुस् है ।’

    निर्धारित समय अनुसारै बेलुकी ठीक आठ बजे सुरु भएको कन्सर्ट  ‘कोशीको पानी यो जिन्दगानी’बाट सुरु भएको प्रस्तुति नेपथ्यका सार्वकालिक हिट गीतहरू हुँदै ‘शिरफूल शिरैमा’, ‘नैनताल’ र ‘पचासै वर्षमा’ जस्ता नयाँ गीतहरू हुँदै अघि बढेको थियो । अन्तिम लहरमा प्रस्तुत गीतहरू ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’सँगै कार्यक्रम चरमोत्कर्षमा पुगेको थियो ।

    कन्सर्टमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

    अमेरिका यात्राको अघिल्ला तीन कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब चौथो प्रस्तुतिका लागि नेपथ्य टेक्सास प्रस्थान गर्नेछ । उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुन लागेको हो । यसपाला ब्यान्डले त्यहाँको ‘टोयोटा म्युजिक फ्याक्ट्री’मा आफूलाई उभ्याउँदै छ ।

    विशाल एवं भव्य यो आयोजना स्थलमा टेक्सासका दर्शकहरूलाई अगस्त २४ तारिख रमाइलो साँझ प्रदान गर्ने अठोट ब्यान्डले लिएको छ ।

    डालासपछि न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा कन्सर्ट गरेपछि यस वर्षको शृंखलाबद्ध अमेरिकी यात्राले विश्राम लिनेछ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ हप्ता अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    २ हप्ता अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    ३ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ हप्ता अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    २ हप्ता अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    ३ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    ४ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    १ महिना अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    १ महिना अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    १ महिना अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.