Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगरमा नसर्ने रोग रोकथामका लागि त्रिपक्षीय सम्झौता

    ६ भाद्र २०८१, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट९ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा, ६ भदौ । झापाको मेचीनगरमा नसर्ने रोग रोकथाम तथा व्यवस्थापन सम्बन्धित केएचडीसी स्वास्थ्य कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको छ । उक्त कार्यक्रमका लागि मेचीनगर नगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र केएचडीसी नेपाल बीच त्रिपक्षी सम्झौता भएको हो ।

    सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. ज्ञानेन्द्र गिरी र केएचडीसी नेपालका तर्फबाट अध्यक्ष डा. राजेन्द्रप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

    मेचीनगरभरिका ४० वर्ष भन्दा माथि उमेर समूह र नसर्ने रोगको जोखिम भएका नगरबासीको मृगौला, उच्च रक्तचाप, मधुमेह, मुटु तथा फोक्सो सम्बन्धी रोगहरुको जाँच तथा खोजपड्ताल गर्दै भविष्यमा हुन सक्ने स्वास्थ्य जोखिमतालाई न्यूनीकरण गर्नका लागि २०८१ भदौ ६ देखि सञ्चालन गर्ने त्रिपक्षीय सम्झौता गरिएको हो ।

    सम्झौता पत्रमा नसर्ने रोग रोकथाम र व्यवस्थापन सम्बन्धी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन, नसर्ने रोगको जोखिममा रहेका जनसंख्याको पहिचान र रिफरलमा महिला स्वास्थ्य स्वयम्सेविकाको संलग्नता गराउने, स्वास्थ्य केन्द्रहरूमा मुटु रोग, मधुमेह, उच्च रक्तचाप र दीर्घकालीन मृगौला रोगको लागि उच्च जोखिम भएका व्यक्तिहरूको जाँच गर्ने लगायतका बुँदा समेटिएको छ ।

    यसैबीच, मेचीगनर क्षेत्रका प्राथमिक तहका स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिका लागि दुई दिने तालिम शुरु भएको छ । नगरका ६० जनालाई नसर्ने दिर्घरोगहरुको प्राथमिक तहमा रोकथाम, सीघ्र निदान, उपचार तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धि तालिम शुरु भएको हो ।

    तालिम उद्घाटन समारोहमा कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलियाले पछिल्लो समयमा अस्पतालमा नसर्ने रोगका बिरामीको चाप बढ्दै गएको बताउनुभयो ।

    “हामीले उपचारमा मात्र ध्यान दिइरहेका छौं”, उहाँले भन्नुभयो, “हामीले जीवनशैली परिवर्तन गर्न जरुरी छ ।” सरकारले पनि उपचारलाई मात्र ध्यान दिएकाले अब रोकथाममा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    त्यस्तै, मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेतीले नगर क्षेत्रमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको बताउनुभयो ।

    “नगरपालिकाले नसर्ने रोगका बिरामीलाई पाँच हजार यातायात खर्च दिने गरेको छ”, उहाँले भन्नुभयो, “२० लाखभन्दा बढी खर्च भइसक्यो तर पनि सुविधा लिन बिरामी आउने क्रम घटेको छैन ।” रोगको उपचार गर्ने भन्दा पनि रोग लाग्न दिने उपाय अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा डा. सञ्जीव शर्माले नसर्ने रोगका बारेमा प्रस्तुति दिनुभएको थियो । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, डा. अनुप घिमिरे लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गर्नुभएको थियो ।

    केएचडीसी नेपालले मेचीनगरका १४ हजार पाँच सय १७ जनामा गरेको नसर्ने रोग सम्बन्धी सर्वेक्षणमा १८.३ प्रतिशत रक्तचाप, ११.५ प्रतिशतमा मधुमेह र ३.१ प्रतिशतमा मृगौला सम्बन्धी समस्या देखिएको केएचडीसी नेपालका अशेष प्याकुरेलले जानकारी दिनुभयो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १९ घण्टा अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    ३ दिन अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    ४ दिन अगाडि

    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

    ५ दिन अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १९ घण्टा अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ दिन अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    ३ दिन अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    ४ दिन अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    ५ दिन अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    १ हप्ता अगाडि
    चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार
    २ हप्ता अगाडि
    पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले गरे प्रदर्शन 
    १ महिना अगाडि
    तीनकुने घटनामा पक्राउ पर्नेकाे संख्या १११ जना पुग्यो
    १ महिना अगाडि
    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.