Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    आजदेखि काँकरभिट्टामा राष्ट्रिय बुद्वीचाल प्रतियोगिता सुरू

    ७ भाद्र २०८१, शुक्रबार
    सन्देश पोस्टBy सन्देश पोस्ट९ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    ७ भदाै, मेचीनगर । आजदेखि काँकरभिट्टामा छैठौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सुरू भएको छ । आज काँकरभिट्टा खानेपानी कार्यालयकाे सभाहलमा नाइट चेस क्लबकाे व्यवस्थापनमा उक्त प्रतियोगिता सुरू भएको हाे ।

    प्रतियोगिता यही शुक्रबारदेखि भदाै १० गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगिताकाे उद्घाटन मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकीले गरेका थिए । नेपाल राष्ट्रिय बृद्वीचाल महासंघकाे प्राविधिक सहयाेग रहने प्रतियोगिताकाे सबै व्यवस्थापन सहितकाे आयोजना नाइट चेस क्लबले गरेकाे छ ।

    उद्घाटन कार्यक्रममा मेयर बुढाथाेकी, उपमेयर मीना पाेखरेल उप्रेती, बुद्वीचाल संघ काेशी प्रदेशका इन्चार्ज राम मादेन, नेपाली कांग्रेस काेशी प्रदेश सदस्य विमल आचार्य, नेकपा एमाले काेशी प्रदेश सदस्य देवकुमार राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    नाइटचेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेले प्रतियोगिताबाट २ जना खेलाडी दुवैमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनाेट हुने बताए ।

    उनले प्रतियोगितामा ९० जना खेलाडी सहभागी भएकाे जानकारी दिए । २ हजारदेखि १७ सयसम्म र १७ सयमुनी गरि दुई क्याटेगाेरीमा खेल सञ्चालन हुने छ । प्रतियोगिताका प्रथमदेखि १०औँसम्मका विजेता खेलाडीलाई पुरस्कारकाे व्यवस्था गरिएकाे छ ।

    प्रथम हुने खेलाडीलाई नगद ५० हजार राशिसहित प्रशंसा पत्र प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय स्तरका आर्विटरहरूकाे उपस्थिति छ ।

    अनुमानित १८ लाख २२ हजार खर्च लाग्ने प्रतियोगितामा स्थानीय सरकार, विभिन्न संघ-संस्था लगायतसँग सहयाेग गरेका छन् । नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेकाे अध्यक्षता, स्वागत प्रथम उपाध्यक्ष राजु पाैडेलले र सञ्चालन महासचिव राजेश राउतले गरेका थिए ।

    प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेका नवीन टण्डुकार, पुरूषाेतम चाैलागाई, सिन्दिरा जाेशी र
    नेशनल गेम एशिया छनाैट भएका कृष्ण थापा समेत सहभागी रहेका छन् । हालै काठमाडौंमा भएको ओलेम्पेडमा छनाेट भएका झापाका राजन सुवेदी पनि प्रतियोगिता हेर्न आएका छन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ४ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ६ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ७ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    २ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ४ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ६ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ७ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.