Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    साफ यू-२० : बंगलादेशले भारतलाई हरायो, फाइनलमा नेपालसँग भिड्ने

    १० भाद्र २०८१, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौँ । डिफेन्डिङ च्याम्पियन भारतसँग गत संस्करणको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिँदै बंगलादेश जारी यु–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।

    अब उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

    सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जहाँ बंगलादेशले ४–३ ले खेल आफ्नो पक्षमा पार्‍यो।

    त्यसअघि खेलको पहिलो हाफमा लेफ्ट साइडबाट विंगर हुसेन राहुलले दोस्रो बार च्याप्दै गरेको प्रहार भारतका गोलरक्षक प्रयांशु दुबेले ड्राइभ गर्दै बचाए पनि सिक्स यार्ड बक्सभित्र रहेका असदुल मोल्लाले उक्त बललाई ‘वान टच’ फिनिस गर्दै जाली चुमाए।

    तर, दोस्रो हाफको अन्तिम समयमा भारत खेलमा फर्कियो। उसका लागि कप्तान रिकी मेटी हवबमले बराबरी गोल गरे। ७५ औँ मिनेटमा उनले बराबरी गोल गर्दै भारतलाई खेलमा फर्काए। तर, साविक विजेता ट्राइबेकरमा भने स्तब्ध बन्यो।

    भारतका दुई प्रहारलाई बंगलादेशी गोलरक्षकले बचाउँदा भारत दुर्भाग्यशाली बन्यो। टाइब्रेकरमा भारका परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे। तर, केल्भिन सिंह र आकाशको प्रहार बंगलादेशका गोलरक्षक मोहम्मद आसिफले रोकेका थिए।

    बंगलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गर्दा अन्तिम प्रहार अघिनै बंगलादेश ४–३ ले विजयी भयो।

    अब उपाधिका लागि बंगलादेश र नेपाल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्नेछन्। यसअघि सोमबार नेपालले भुटानलाई पेनाल्टी सुटआउटमै पराजित गरेर फाइनल प्रवेश गरेको थियो।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    ३ दिन अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    ४ दिन अगाडि

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    १ हप्ता अगाडि

    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार

    २ हप्ता अगाडि

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    २ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    ३ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    ३ दिन अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ४ दिन अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    १ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    २ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    २ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    ३ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    ३ हप्ता अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    ४ हप्ता अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    ४ हप्ता अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.