Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नेपालले साफ यु–१६ जित्ने लक्ष्यसहित तयारी

    १२ भाद्र २०८०, मंगलवार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौँ । कठिन समूहमा रहेको नेपालले पहिलो पटक यु–१६ साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ ।  आगामी शुक्रबारदेखि भुटानको थिम्पुमा साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करण सुरु हुँदैछ । 

    यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूहमा रहेको नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । यो उमेर समूहमा नेपालको किशोर टोलीले अहिलेसम्म उपाधि जित्ने सकेको छैन । सन् २०११ देखि सुरु भएको साफ यु–१६ च्याम्पियनसिपमा अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छ । यद्यपि, नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन । यस पटक नेपालले यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूह ‘ए’ मा छ ।

    नेपालले आइतबार बंगलादेशबिरुद्ध खेल्दै यस संस्करणको यु–१६ मा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । नेपाली किशोर फुटबल टोलीका प्रशिक्षक रविन्द्र सिलकारले छोटो समय भएपनि तयारी राम्रो भएको उल्लेख गर्दै पछिल्ला समय रणनीतिक कामहरू भइरहेको बताए । यसअघि धेरै जसो खेलाडीहरू एन्फा यु–१६ लिग खेलेर आएकाले तयारी अभैm राम्रो भएको प्रशिक्षक सिलाकार विश्वास छ ।

    यु–१६ च्याम्पियनसिपको नेपाल दुई पटकको आयोजक राष्ट्र हो । यद्यपि, नेपालले एक पटक पनि उपाधि जित्ने सकेको छैन । सन् २०११ को पहिलो संस्करणमा पाकिस्तानले उपाधि जितेको थियो । त्यसपछि भारतले २०१३ मा आयोजक नेपाललाई घरेलु भूमिमा हराउँदै उपाधि जितेको थियो । यस पटक नेपालले साफ यु–१६ को तयारीका लागि १४ दिनको प्रशिक्षण गरेको छ । अन्य पक्षहरूमा राम्रो तयारी भए पनि फिटनेसमा भने अभैm केही समस्या देखिएको प्रशिक्षक सिलाकारले बताए ।  

    पछिल्लो संस्करण बंगलादेशमा सन् २०१५ मा बंगलादेशमा भएको थियो । उक्त संस्करणमा पनि बंगलादेशले उपाधि जित्दा नेपाल भने सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । अहिलेसम्म नेपालको यु–१६ उमेरसमूहले साफको उपाधि जित्न सकेको छैन । यस पटक इतिहास बनाउने लक्ष्य किशोर टोलीले राखेको छ । प्रशिक्षक सिलाकारले उमेर समूहमा कुनै टोली बलियो र कोही कमजोर नहुने उल्लेख गर्दै मैदानमा जसले उत्कृष्ट दिन सक्यो त्यसले नतिजा दिने बताए ।

    नेपालको यु–१६ टोलीले साफकै तयारी गरिरहेको नेपालको यु–१९ को टोलीसँग आइतबार  अभ्यास खेल पनि खेलेको थियो । यद्यपि, अपर्याप्त समय र सोही उमेरसमूहका प्रतिद्वन्दीका अभाव नेपालले थप अभ्यास खेल भने खेल्न पाएन । प्रशिक्षक सिलाकारले पनि पर्याप्त अभ्यास खेलको व्यवस्था हुँदा अभैm राम्रो टोली बन्ने बताए ।

    भुटानमा हुने यो च्याम्पियनसिपका लागि प्रशिक्षक सिलाकारले गत भदौ ४ गते नै अन्तिम टोली घोषणा गरिसकेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २३ खेलाडीले अभ्यास गर्दै आइरहेका छन् । उक्त टोलीका खेलाडी सुवास बमले पछिल्ला समय प्रायले एन्फा यु–१६ लिग खेलेका धेरै मद्दत मिलेको र तयारी पनि राम्रो भएकाले च्याम्पियनसिपको ट्रफी लिएर आउने विश्वास व्यक्त गरे ।

    मिडफिल्डर सुवासले १४ दिनको समयमा आफूहरूले राम्रो मेहनत गरेको त्यसको नतिजा पनि आउने बताए । आफ्नो समूहमा भारत र बंगलादेश बलियो टोली रहेको स्वीकार गर्दै उनीहरूको लागि पनि नेपाल कठिन प्रतिद्वन्द्वी बन्ने लक्ष्य रहेको उनको विश्वास छ । 

    नेपाली यु–१६ किशोर टोलीको गोलकिपरमा विशेष बानिया, पेम्बा भोटे र भक्तबहादुर परियार, डिफेन्डरमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोर कुमार दनवार, सरन एसके, मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी छन् ।   

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १८ घण्टा अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    ३ दिन अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    ४ दिन अगाडि

    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

    ५ दिन अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १८ घण्टा अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ दिन अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    ३ दिन अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    ४ दिन अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    ५ दिन अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    १ हप्ता अगाडि
    चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार
    २ हप्ता अगाडि
    पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले गरे प्रदर्शन 
    १ महिना अगाडि
    तीनकुने घटनामा पक्राउ पर्नेकाे संख्या १११ जना पुग्यो
    १ महिना अगाडि
    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.