Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    माओवादी युद्धकालकै बम छुटेकाे अनुमान: पाँचथरमा ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु

    सन्देश पोस्टBy सन्देश पोस्ट१० महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १४ भदौ, झापा । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।

    प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो ।

    आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो ।

    विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ ।

    प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको बस्तु ह्याण्ड ग्रिनेड भएको पत्ता लागेको छ । विष्फोट भएको स्थान नजिकै अर्को बम जस्तो बस्तु पनि भेटिएको छ ।

    त्यो फलामको डल्लोमा खिया लागेको छ । त्यो पनि विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ गएको छ । हाल सो स्थानलाई नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएको छ ।

    सेनाको टोली पुगेपछि विस्फोट भएको र शंकास्पद वस्तुको बारेमा विस्तृतमा थाहा हुने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

    द्वन्द्वकै बेलाको हतियार

    पाँचथरको फालेलुंगमा विस्फोट भएको बम द्वन्द्वकालकै बेलामा छुटेको हुन सक्ने सुरक्षाकर्मीले अनुमान गरेको छ । विस्फोटक भएको बम घरमै बनाइएको हो । यो मेसिन मेड होइन । प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले भने, ‘हेर्दा पुरानो छ । खिया लागेको छ । यो पुरानो हतियार हो ।’

    उनले सकेटहरू प्रयोग गरेर घरमा बनाएको हतियार भएको बताए । उनले द्वन्द्वका बेला छुटेको हुन सक्ने बताए । बम विस्फोट भएपछि खोजतलास गर्दा सोही ठाउँमा अर्को पनि शङ्कास्पद बस्तु फला परेको दाहालले बताए ।

    अहिले सो बस्तु डिस्पोज गर्न नेपाली सेनाको प्राविधिक टोली पुगेको छ ।

    पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले पुरानो द्वन्द्वकालकै विस्फोटक भएको बताए । उनले भने, ‘अहिले सम्म यो नयाँ हो भन्ने पुष्टि भएको छैन ।’

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    २ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    ३ दिन अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    ५ दिन अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    ५ दिन अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    ५ दिन अगाडि

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल

    ६ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    २ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    ३ दिन अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    ५ दिन अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    ५ दिन अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    ५ दिन अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    ६ दिन अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    १ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    १ हप्ता अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    १ हप्ता अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.