Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    राम्रो काम गर्दैछु, सरकारबाट कसले हटाउँदोरहेछ हेर्छु : प्रधानमन्त्री प्रचण्ड

    १४ भाद्र २०८०, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    सुर्खेत। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भइसकेकाले अब त्यो नरोकिने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले क्रान्तिकारीहरु चनाखो भएर अझै ठूलो मोर्चा बनाउनुपर्ने बताए।

    अहिले नेपालमा जे देखिएको छ, त्यो कम्युनिष्ट आन्दोलन जनयुद्ध लगायतका विभिन्न आन्दोलनकै कारण सम्भव भएको बताउँदै प्रचण्डले समाजवादी मोर्चा बनाउँदा अरुभन्दा आफू बढी खुसी भएको उल्लेख गरे।

    उनले सम्बोधनका क्रममा नेत्रविक्रम चन्द विप्लवको विप्लवकै सुरक्षा घेरामा आफूले जनयुद्ध अघि बढाएको पनि बताए। यद्यपि उनले विप्लवसँग एकै ठाउँ रहेर अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे। अहिले समाजवादी मोर्चाले सहयात्राको सम्भावना बढाएकाले उत्साहित भएको प्रचण्डको भनाइ छ।

    यो मोर्चा एक ठाउँमा भएर लड्दा सुशासनका लागि भ्रष्टाचारविरुद्धको लडाइँ सफल हुने पनि विश्वास व्यक्त गरे।

    उनले नेकपा एमालेलाई लक्षित गर्दै उनीहरु नक्कली कम्युनिष्ट भएको पनि बताए। एमालेले अहिले धारे हात लगाएर हेरिरहेको बताउँदै उनीहरु नक्कली कम्युनिष्ट भएको जिकिर प्रचण्डले गरे। उनले एमाले परिवर्तनको पक्षमा नरहेको पनि उल्लेख गरे।

    प्रचण्डले केही लिनदिन नभई परिवर्तनको पक्षमा अग्रसर हुने प्रमुख लक्ष्य आफूले लिएको बताए । उनले भने, ‘म राम्रो काम गर्छु, कसले हटाउँदो रहेछ हेर्छु।’

    प्रचण्डले भ्रष्टाचारविरुद्ध अग्रसर हुँदा नेपाली कांग्रेस र एमालेलाई मात्रै लक्षित गरेको भन्ने भनाइ सही नभएको जिकिर गरे। माओवादीकै अरु नेता र आफ्नै नाम पनि भ्रष्टाचारमा मुछिए नछोड्न भनेको उनको दाबी थियो।

    उनले सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी तत्व र दलालहरुलाई सह्‍य नभएको पनि जिकिर गरेका छन्।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    ४ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ७ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ७ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ४ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.