Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क हो : प्रधानमन्त्री

    २० भाद्र २०८१, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गरेका हुन्। ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले सबैमा शुभकामना व्यक्त गरेका हुन्।

    “मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराघ हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ”, सन्देशमा भनिएको छ, “नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिला बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरी पनि मानव बेचबिखनका दृष्टिले बढी जोखिममा छन्।”

    प्रधानमन्त्री ओलीले बालबालिका र किशोरीहरुको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्ने नीति लिएको उल्लेख गरे।

    शुभकामना सन्देशमा भनिएको छ, “गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद् र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारण भइरहेका यस किसिमका आपाराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्न सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जान प्रतिबद्ध छ ।” उनले मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको बताए।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ दिन अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    ३ दिन अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    १ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    २ हप्ता अगाडि

    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित

    ३ हप्ता अगाडि

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ दिन अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    ३ दिन अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    १ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    २ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    ३ हप्ता अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    ४ हप्ता अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    ४ हप्ता अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    ४ हप्ता अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १ महिना अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.