Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त, आगामी वैशाखमा उपनिर्वाचनको तयारी

    २१ भाद्र २०८०, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौँ । प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएको छ । गत वर्ष वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन र मङ्सिरमा भएको आम निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख एक–एक र १७ वडाध्यक्ष पद रिक्त भएको पाइएको हो ।

    निर्वाचन आयोगबाट रातोपाटीले प्राप्त गरेको सूचीमा अधिकांशको मृत्युको कारण पद रिक्त भएको देखिन्छ । २१ पद रिक्त पदमध्ये कांग्रेसका १२ स्थान, एमालेका ४, माओवादी ४ र स्वतन्त्र एक रहेका छन् । सात वटा प्रदेशमध्ये सबैभन्दा धेरै पद सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका छन् ।

    कोशी र मधेस प्रदेशमा दुई–दुई पद रिक्त छन् भने लुम्बिनीमा र कर्णालीमा तीन–तीन पद रिक्त छन् । यस्तै, बागमतीमा चार, गण्डकीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच पद रिक्त रहेका छन् ।

    कांग्रेस निर्वाचित यी हुन् रिक्त १२ पद

    कांग्रेसबाट बझाङ–१ को प्रदेश सभा सदस्यमा निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि उक्त पद रिक्त छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ गते निधन भएको थियो । कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएर पद रिक्त छ । गत कांग्रेसबाट निर्वाचित समिति प्रमुख जितेका कलेलको २०७९ पुस २३ मा निधन भएको थिए । 

    कांग्रेसबाट निर्वाचन दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको पनि निधन भएको थियो । गत वर्ष माघ २७ मा गुरुङको निधन भएपछि महाबु गाउँपालिका नेतृत्वविहीन अवस्थामा छ ।  यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट निर्वाचित श्यामसुन्दर तामाङको निधन भएको छ । गत असार ३१ मा हृदयाघातका कारण उनको निधन भएपछि पद रिक्त छ ।

    डोटीको पूर्वाचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधनपछि पद रिक्त छ । गत वर्ष मङ्सिरमा जोशीको निधन भएको थियो । गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरेको निधन भएको छ । गत भदौ २ गते झुण्डिएको अवस्थामा उनी मृत फेला परेका थिए । 

    रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको असार २७ गते निधन भएर, यस्तै ककनी गाउँपालिका–२ का वडाध्यक्ष तिलकबहादुर लामाको गत जेठ ३१ गते निधन भएर, रौतहटको राजपुर नगरपालिका–६ का वडाध्यक्ष शेख मोजरे आलमको निधन भएरै तथा उदयपुरको त्रियुगा नगरपालिका–१२ का वडाध्यक्ष  चुडाराज काफ्लेको गत वर्ष फागुन १४ मा सवारी दुर्घटनामा परी निधन भएर पद रिक्त छ । यी सबै कांग्रेसबाटै निर्वाचित थिए । 

    बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ । वडाध्यक्षमा निर्वाचित कांग्रेसका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति सभापति भएपछि वडाध्यक्षको पद खाली रहेको हो । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते आजै निधन भएको छ । उनी पनि नेपाली कांग्रेसबाटै निर्वाचित थिए ।

    एमालेबाट निर्वाचित ४ पद रिक्त

    गत वर्ष कात्तिक ११ गते गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर राना, गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका– ४ का वडाध्यक्ष सर्जन बोहराको निधनले पद रिक्त भएको छ । उता सुनसरीको गढी गाउँपालिका–६ का वडाध्यक्षको पद पनि रिक्त छ । त्यहाँ एमालेबाट सदानन्द उराँव झागर निर्वाचित भएका थिए ।

    निर्वाचन आयोगले पद रिक्तबारे भने केही खुलाएको छैन । रौतहटको ईशानाथ नगरपालिका–७ मा पनि वडाध्यक्षको पद रिक्त छ । गत निर्वाचनमा यहाँ एमालेका शेख खलीउल्लाह वडाध्यक्षमा निर्वाचित भएका थिए । 

    माओवादीबाट निर्वाचित ४ पद रिक्त 

    माओवादी केन्द्रबाट निर्वाचित जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको असार ४ गते  निधन भएर तथा दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडाध्यक्षको मनोरथ भट्टको पनि निधन भएर पद रिक्त छ ।  मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पद रिक्त छ । माओवादीबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समितिको सभापति बनेपछि वडाध्यक्ष पद रिक्त भएको हो ।

    कालिकोटको तिलगुफा नगरपालिका–४ का वडाध्यक्षको परबहादुर शाहीको गत वर्ष असोजमा निधन भएको थियो । मलामी गएका बेला पहिरोले पुरिएर वडाध्यक्ष शाहीसहित १३ जना बेपत्ता भएका थिए । बेपत्ता भएका उनीहरु मृत भेटिएका थिए । 

    यस्तै, काठमाडौँको कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । गत वैशाख १० गते मोटरसाइकल दुर्घटनामा गरी अधिकारीको निधन भएका अधिकारी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।

    आगामी वैशाखमा उपनिर्वाचनको तयारी

    गत मङ्सिरमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन गत वैशाखमै गरेको सरकारले प्रदेश र स्थानीय तह रिक्त पदको उपनिर्वाचन आगामी वैशाखमा गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको तीन ठाउँमा पद खाली हुँदा गत वैशाख १० मा उपनिर्वाचन भइसकेको छ । चितवन–२, बारा–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्यको पद रिक्त भएपछि निर्वाचन आयोगले गत वैशाख १० मा उपनिर्वाचन गरेको थियो । 

    गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनबाट चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा– २ मा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र तनहुँ–१ मा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।

    नागरिकता खारेज भएपछि भएपछि लामिछानेको सांसद पद पनि खारेज भएको थियो भने पौडेल राष्ट्रपति र यादव उपराष्ट्रपति हुँदा पद रिक्त भएको थियो । चितवन–२ मा लामिछाने पुनः निर्वाचित भएका छन् भने तनहुँ–१ बाट रास्वपाका स्वर्णिम वाग्ले र बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । 

    वैशाख १० मा प्रनिनिधिसभा सदस्यमा मात्र उपनिर्वाचन भएको थियो । त्यतिबेला स्थानीय तहको रिक्त पदमा निर्वाचन भएन । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको रिक्त पदमा उपनिर्वाचनका सन्दर्भमा सरकारसँग छलफल अगाडि बढाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ । 

    आयोग स्रोतका अनुसार प्रधानमन्त्री र उपप्रधानमन्त्रीद्वयले आगामी वैशाखमा उपनिर्वाचन गर्ने जवाफ दिएका छन् । निर्वाचन आयोगले आगामी मङ्सिरमा उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको थियो । तर, सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचनपछि मात्र उपनिर्वाचन गर्ने बताएको छ । 

    ‘आगामी माघमा राष्ट्रियसभा सदस्यको निर्वाचन हुन्छ । त्यसपछि मात्र उपनिर्वाचन गर्ने सरकारको कुरा आएको छ । निर्वाचन आयोग अब राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा लाग्छ,’ आयोगको उच्च स्रोतले भन्यो । राष्ट्रियसभा सदस्यको २१ जना सांसद आफ्नो ६ वर्षे कार्यकाल पुरा गरेर आगामी फागुन २० गते विदा हुँदैछन् । त्यसको करिब ३५ दिन अगाडि राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुनेछ ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपनिर्वाचनबारे सरकारसँग छलफल भइरहेको बताए । उनले रातोपाटीलाई भने, ‘आयोग सँगको परामर्शमा उपनिर्वाचनको मिति तोक्ने सरकारले हो । अहिले छलफल सुरु भएको छ । सरकारले उपयुक्त समयमा उपनिर्वाचनको मिति तोक्ला ।’

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २० घण्टा अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    ३ दिन अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    ४ दिन अगाडि

    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

    ५ दिन अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २० घण्टा अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ दिन अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    ३ दिन अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    ४ दिन अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    ५ दिन अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    १ हप्ता अगाडि
    चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार
    २ हप्ता अगाडि
    पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले गरे प्रदर्शन 
    १ महिना अगाडि
    तीनकुने घटनामा पक्राउ पर्नेकाे संख्या १११ जना पुग्यो
    १ महिना अगाडि
    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.