Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    दुई प्रमुख प्रशासकीय अधिकृतसहित २० जनाविरुद्ध मुद्दा

    २४ भाद्र २०८१, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१० महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकामा सोलार बत्ती खरिद तथा पर्यटन गेट बनाउने कार्यमा भ्रष्टाचार भएको भन्दै दुईवटा अलगअलग मुद्दा आइतबार विशेष अदालतमा दायर गरेको छ।

    आर्थिक वर्ष २०७४/०७५ मा सोलार बत्ती जडान र २०७५/०७६ मा पर्यटन गेट बनाउने कार्यमा रकम हिनामिना गरिएको भन्दै मुद्दा दायर गरिएको हो। सोलार बत्ती जडानमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहसहित ९ जनालाई प्रतिवादी बनाइएको छ भने पर्यटन गेट बनाउने कार्यको मुद्दामा ११ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

    सोही गाउँपालिकाको वडा नं. १ देखि वडा नं. ५ सम्म सोलार बत्ती जडान गर्दा योजनाअनुसार काम नगरेको तथा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको अभियोगमा सो मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो।
    सो कार्यमा संलग्न इन्जिनियर उग्रानन्द पाठक, सब–इन्जिनियर जागेश्वर मण्डल तत्कालीन समयमा गाउँपालिकाका उपाध्यक्ष एवं योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वे, सदस्यद्वय दुर्गानन्द यादव र वीरेन्द्रकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष रबेन्द्रकुमार यादव, सचिव धीरेन्द्र यादव र कोषाध्यक्ष रेणुकुमारी यादवविरुद्ध मुद्दा दायर गरिएको थियो।

    आव २०७४/०७५ मा सोलार बत्ती खरिद तथा जडान कार्यका लागि भएको योजनाको सम्झौताबमोजिम कार्य नभएको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याकंनसहितको नापी किताब तयार गरी वास्तविक भएको कामको भन्दा बढी ६ लाख ४५ हजार ६ सय ६५ रुपियाँ भुक्तानी दिएको अभियोग उनीहरूमाथि लगाइएको छ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो सोही रकम कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिबाना गरी बिगो असुलउपर हुन मागदाबी लिइएको छ।

    त्यसै गरी नभए नगरेको कार्यको गलत प्राविधिक मूल्यांकन गरी वास्तविक भए गरेकोभन्दा बढी कार्य भएको भनी नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी÷गराई भुक्तानी गराएको देखिँदा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन माग दाबी लिइएको छ ।

    पर्यटन गेट निर्माणको मुद्दामा गाउँपालिका, सप्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव र इन्जिनियर खुर्सेद इक्राम, लेखा प्रमुख सोनुकुमार सोनी, तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक तीर्थमाया खत्वे, योजना अनुगमन समितिको सदस्यहरू दुर्गानन्द यादव, वीरेन्द्रकुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो।

    आरसीसी गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा संवर्धन योजना उपभोक्ता समितिको अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

    वास्तविक भए गरेको कार्यभन्दा बढी भएको भनी नभए नगरेका कुरा देखाई भुक्तानीको प्रतिवेदन पेस गरी/गराई सोहीबमोजिम झुट्टा बिल भरपाईका आधारमा ११ लाख १९ हजार ९ सय ४९ रुपियाँ हिनामिना भएको पाइएको आयोगको छानबिनले देखाएको छ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ५ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    ६ दिन अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    १ हप्ता अगाडि

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ५ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    ६ दिन अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    १ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    २ हप्ता अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.