Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    ‘प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई काम गर्ने अवसरको रूपमा लिएको छु’

    २४ भाद्र २०८०, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मकवानपुर,

    प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राम्रो काम गरेर देखाउन तेस्रोपटक प्रधानमन्त्री भएको बताएका छन्। प्रधानमन्त्रीका रूपमा आफ्नो तेस्रो कार्यकाललाई अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले प्रधानमन्त्री भएसम्म राम्रो काम गर्ने उनको भनाइ छ।

    आइतबार हेटौँडामा चार दल सम्मिलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम गर्दा पदबाट हटाइन्छ कि भन्ने चिन्ता नभएको प्रस्ट पारे।

    ‘म प्रधानमन्त्री भएदेखि नै सरकारले धेरै राम्रा कामहरू गरिरहेको छ। सरकारले देशमा व्याप्त रहेको भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध अभियान नै सञ्चालन गरेको छ। म प्रधानमन्त्रीहुन्जेल यो अभियान रोकिन्न,’ उनले भने।

    केही व्यक्तिलाई आफ्नो सरकारले चालेको सुशासनको अभियान मन नपरेको उनले दाबी गरे। कुशासनबाट फाइदा लिइरहेकाहरू सुरुदेखि नै अभियानबाट आत्तिएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र सुशासनका पक्षमा भइरहेको अभियान नरोकिने बताए।

    उनले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सामान्य विषय नभएको पनि बताए। त्यसले आफूलाई कमजोर पार्ने कोसिस गरेको उल्लेख गर्दै उनले आफू प्रतिक्रियावादीको त्यसखालको क्रियाकलापबाट विचलित नभएको बताए। परिवर्तनका लागि जनयुद्धबाट आएका एक कार्यकारी प्रमुखविरुद्धको मुद्दा विस्तृत शान्ति सम्झौताविपरीत भएको प्रचण्डको जिकिर छ।

    प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नकै लागि आफूहरूले समाजवादी मोर्चा बनाएको बताए। उनले मोर्चाको कार्यक्रम अहिले कोठामा गरेको देखिए पनि आवश्यकता परे प्राप्त उपलब्धिको रक्षाका लागि लाखौँ जनतालाई सडकमा उतार्न पनि तयार रहेको चेतावनी दिए।

    यस्तै, उनले अहिले हेर्दा मोर्चामा चार दल मात्रै रहे पनि यसको प्रभावले निकट भविष्यमै कम्युनिस्ट केन्द्र निर्माण हुने दाबी पनि गरे। ‘अहिले हामी मोर्चामा चार दल मात्रै छौँ। तर, हामीले जनताको परिवर्तनको नेतृत्व गरिरहेको सन्दर्भमा यही मोर्चा भोलिको दिनमा कम्युनिस्ट केन्द्र बन्छ। कम्युनिस्टहरू विभाजित मात्र हुन्छन् भन्ने कुरालाई पनि यसले गलत साबित गर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण

    १ दिन अगाडि

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन

    १ दिन अगाडि

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    १ हप्ता अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    १ हप्ता अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण
    १ दिन अगाडि
    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    १ दिन अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    १ हप्ता अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    १ हप्ता अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    २ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    २ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.