Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    दिदिबहिनी आशिषमय आत्मिक जागृति सम्मेलन सम्पन्न, (तस्विर सहित)

    १ आश्विन २०८०, सोमबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । एक दिने दिदिबहिनी आत्मिक जागृति सम्मेलन सम्पन्न भएको छ । कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाको दिदिबहिनी परिषद्को आयोजनामा एक दिने आत्मिक जागृति सम्मेलन भएको हो ।
    कार्यक्रकमकी प्रमुख बक्ता गुरुआमा रोजी शेर्पाले तीन सेसनसम्म बाइबलीय बचनबाट बोल्नुभएकी थिइन् ।
    कार्यक्रमको पहिलो सेसनमा योएलको पुस्तकबाट बोल्दै भन्नुभयो,– प्रभुको दिन नजिक आएकाले तुरही फुक्दै चेताउनीको ध्वनीहरु बजाउदै आत्मिक उपासनाको रुपमा पवित्र र परमेश्वरलाई ग्रहणयोग्य जिउदो बलिदानको अर्पण गर्नुपर्ने बताउनुभयो ।

    आफ्‍नो लुगा होइन, तर आफ्‍नो हृदय फटाएर परमप्रभु परमेश्‍वरतिर फर्कनु पर्ने बताउनु भयो ।

    त्यसैगरी दोस्रो सेसनमा संसारिक विधि–बिधान व्यवस्थाले जीवन दिँदैन, तर ख्रीष्ट येशूमा बिश्वास र आत्मिक नजिकताले मात्र जीवन प्राप्तगर्न सकिने बताउनुभयो । दाउद राजालाई परमेश्वरले हृदयको बिचारलाई हेर्नुभयो, नम्र र बिश्वासयोग्य देख्नुभयो र राजा अभिशेक गर्नुभयो ।
    उहाँले भन्नुभयो,– “परमेश्वर आत्मा हुनुहुन्छ, आत्मा र सत्यतामा आराधना गर्ने आराधकहरुलाई खोज्दै हुनुहुन्छ ।”

    कार्यक्रमको अन्तिम तेस्रो सेसनमा बक्ता शेर्पाले भन्नुभयो,–“अबको मण्डली पबित्र आत्माको बरदानले चल्नुपर्दछ, संसारीक बल र बुद्धिले होइन ।”
    पञ्चदलिय सेवकाई आजको आवश्यकता भएकाले सबै मण्डलीहरुमा यो सेवकाईलाई अपनाउनु पर्ने बताउनुभयो । पञ्च दलिय सेवकाई बीना मण्डली प्यारालाइसिस हुने समेत बताउनुभयो ।

    कार्यक्रमलाई अझ सुन्दर र आशिषमय बनाउन दिदिबहिनीहरुद्धारा “ येशू माथि–माथि धेरै माथि बढ्नु” भन्ने गीतको बोलमा सामूहिक गीत गाएर उत्साहित तुल्याउनुभयो ।

    त्यसैगरी बृद्ध आमा फिवी मुखियाले मनोरन्जनकासाथ नारि कविता बाचन गर्नुभयो । कविताले नारि बीना सबै अधुरो हुने हुँदा नारि कति महान रहेछ भनि नारिलाई सम्मान र इज्जत गर्नुपर्ने बताउनुभयो ।

    आराधना संगतीलाई सुन्दर र आशिषमय साथै परमेश्वरको उपस्थितिमा लान हेमकुमार मगर र सोनीया तामाङको अगुवाइमा क्वायर टिमलाई अगुवाई गर्नुभएको थियो ।

    आत्मिक जागृति सम्मेलन दिदिबहिनी परिषद्का अध्यक्ष दिलु मुखियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ७ वटा कृपा फ्रि मेथोडिस्ट चर्चहरुका दिदिबहिनीहरु, रेभ.पास्टर शमूएल तामाङ, पास्टर बिजय घतानी, डिकन डिवी राना, डिकन होमराज राईलगायत अन्य अगुवाहरुको समेत उपस्थित रहेको कार्यक्रमलाई तृषा गुरुङ, दिलु मुखिया र गुरुआमा लिली तामाङले सञ्चालन गर्नु भएको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ५ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    ६ दिन अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    १ हप्ता अगाडि

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ५ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    ६ दिन अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    १ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    २ हप्ता अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.