Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मानिसको मस्तिष्कमा चिप लगाउन मस्कको कम्पनीलाई अनुमति, चिप प्रत्यारोपण गर्नेको खोजी सुरु

    ४ असोज २०८०, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    एजेन्सी ।

    अर्बपति एलन मस्कको कम्पनी न्युरालिंकलाई मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति प्राप्त भएको छ । रोयटर्सका अनुसार त्यस्तो अनुमति पाएसँगै न्युरालिंकले मस्तिष्कमा चिप जडान गर्ने मानिसको खोजी सुरु गरिसकेको छ । एउटा विशेष भर्ना प्रक्रियाबाट त्यस्तो व्यक्तिको छनोट गरिने बताइएको छ ।

    उक्त ट्रायलका क्रममा सुरुमा पक्षघातका रोगीको मस्तिष्कमा चिपसेट जडानको परीक्षण गरिनेछ । न्युरालिंकले यस्ता व्यक्तिको खोजी गरिरहेको छ जसमा सर्भाइकल स्पाइनल कर्डको समस्याका कारणले पक्षघात भएको छ वा एमायोट्रोफिक ल्याटरल स्क्लेरोसिस जस्ता स्वास्थ्य समस्या छन् ।

    यद्यपि न्युरालिंकले यो अध्ययनका क्रममा सुरुमा कतिजना मानिसमा परीक्षण सुरु गर्न लागेको छ भन्ने चाहिं खुलेको छैन । यो परीक्षण सक्नका लागि ६ वर्षको समय लाग्नेछ ।

    यो अनुसन्धानमा एउटा रोबोटले सर्जरी गरेर मानिसको दिमागमा एउटा ब्रेन कम्प्युटर इन्टरफेस प्रत्यारोपण गर्नेछ । त्यसको सहयोगबाट उक्त चिपले चाल तथा मनसायका तरंगहरुलाई ग्रहण गर्नेछ र अगाडिको निर्देशन प्रदान गर्नेछ । त्यसपछि उक्त चिपसेटको साथमा अर्को डिभाइसले ती कमान्डलाई ग्रहण गरेर त्यस अनुसारको काम हुनेछ ।

    न्युरालिंकका अनुसार सुरुआती चरणमा उसको लक्ष्य कम्प्युटर कर्सर तथा किबोर्डलाई नियन्त्रण गर्नु हो । यस्तो नियन्त्रण कमान्ड सिधै मस्तिष्कमा जडित चिपसेटबाट प्राप्त हुनेछ । त्यसपछि कर्सर चल्न सुरु गर्नेछ र किबोर्डबाट टाइप हुनेछ ।

    उदाहरणको रुपमा प्यारालाइसिसका बिरामीको मस्तिष्कमा चिप लगाइसकेपछि त्यो बिरामीले केवल सोंचेकै आधारमा माउस तथा कर्सर चलाउन सक्नेछ ।

    न्युरालिंकले एउटा डिभाइस बनाएको छ जो एउटा सिक्काको आकारको छ । उक्त चिपलाई कम्पनीले लिंक नामाकरण गर्न सक्दछ । यो डिभाइसले कम्प्युटर, मोबाइल फोन तथा अन्य उपकरणहरुलाई मस्तिष्कको गतिविधि (न्यूरल इम्पल्स) बाट सीधै नियन्त्रण गर्ने क्षमता प्रदान गर्नेछ ।

    न्युरालिंकले सुरुमा यस्तो चिपसेटको १० जना मानिसमा परीक्षण गर्ने अनुमति प्राप्त हुने अपेक्षा गरेको थियो । तर अमेरिकाको फूड एण्ड ड्रग प्रशासनले सुरक्षाको प्रश्न उठाउँदै धेरै मानिसमा परीक्षणको अनुमति दिएको छैन । तर केही व्यक्तिमा परीक्षणको लागि एफडिएले अनुमति दिएको छ । यद्यपि उसले कतिजना मानिसमा ट्रायलको अनुमति दिएको भन्ने चाहिं खुलाइएको छैन ।

    एफडीबाट प्राप्त अनुमति निकै महत्वपूर्ण पहिलो खुट्किला भएको र यसले भविष्यमा एकदिन हाम्रो प्रविधिले धेरै मानिसहरुलाई सहयोग गर्न सकिने न्युरालिंकले जनाएको छ ।

    सर्भाइकल स्पाइन के हो ?

    Cervical Spine मेरुदण्डको एउटा भाग हो जुन गर्धको आधारबाट सुरु भएर मेरुदण्डका C1 देखि C7 हड्डीसम्म पुग्दछ । मेरुदण्डको हड्डी स्नायुहरुको एउटा यस्तो समूह हो जसले मस्तिष्कबाट सरीरका अन्य हिस्साहरुसम्म सन्देश अर्थात् कमान्ड सम्प्रेषण गर्दछ । मेरुदण्डको हड्डीमा चोट लाग्नु पूरै सरीरका लागि खतरनाक सावित हुनसक्छ र यसले पक्षघात निम्त्याउन सक्दछ ।

    एमायोट्रोफिक ल्याटरल स्क्लेरोसिस के हो ?

    एएलएस भनिने भनिने यो रोग एक न्युरोडिजेनेरेटिभ बिमारी हो । यसले मस्तिष्कको सेरेब्रल कर्टेक्स, मेरुदण्डको हड्डी तथा ब्रेनस्टेमका स्नायुसम्मलाई प्रभावित गर्दछ । यो रोगले मांशपेशीहरुलाई नियन्त्रण गर्ने मोटर न्युरोनको निरन्तरको क्षयीकरणको गराउँदछ । यो एक दुर्लभ रोग हो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ४ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ६ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ७ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    २ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ४ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ६ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ७ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.