७ आश्विन,
झापा । बिर्तामोडको याक्थुम चुम्लुङ भवनमा पहिचानवादीको भेलाले झापा जिल्ला मोर्चा समिति गठन गरेको छ । कार्याक्रमका प्रमुख अतिथि डा. मित्र परियार बिशिष्ठ अतिथि खगेन्द्र माखिम हुनुहुन्थ्यो ।


डा. मित्र परियारले बिगत लामो समयदेखि पहिचानको आशा राखेर ठूला दल भनाउँदाको पछिलागेर धोका खाएको छ पहिचान चाहनेहरुले पहिचन त खुल्यो तर एकल पहिचान , तर आदिबासी जनजाति पिछडा बर्गले त्यो पहिचान नचाहेको उनीहरु बहुपहिचान चाहेको तेसैले विभिन्न भाषाधर्म जात वर्ण सबै मिलेर पहिचानवादी मोर्चा गठन भएकोछ यसलाई सबै मिलेर आत्मासाथ गर्दै अघिबढ्नु आवश्यक रहेको बताउँनुभयो ।
आजको पहिचानवादी कार्याक्रमको गंगा शेर्मा राईको अध्यक्षतामा भएके कार्याक्रम सन्चालन अग्निमाया मेचेले गर्नुभएकी थिइन् ।