Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

    ७ आश्विन २०८२, मंगलवार
    सन्देश पोस्टBy सन्देश पोस्ट४ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि., बाहुनडाँगीको २२औं वार्षिक साधारण सभा मंगलबार एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा अर्ग्यानिक तरकारी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सदस्यहरूले उत्पादन गरेको अचार ‘मायाको चिनो’ का रूपमा वितरण गरिएको थियो ।

    साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीकी अध्यक्ष टुका देवी दाहालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ठाकुरप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तिलजा देवान, पूर्व जिल्ला समन्वय सदस्य गंगादेवी कार्की, वडा सदस्यहरु सीता विक, सीता मोते, धनमाया कोइरालालगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष पुण्डेप्रसाद निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मुख्य प्रबन्धक पोषककुमार दर्जीले गरेका थिए ।

    २०५३/०३/३१ मा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता गरी २०५३/१०/०१ देखि साना किसान विकास आयोजनाको सम्पूर्ण कारोबार तथा व्यवस्थापनमा शुरु गरेको संस्थाको मेचीनगरका ५ वटै वडामा कार्यक्षेत्र रही २३९ समूह भित्र १३६४ घर परिवारलाई आबद्ध गरेको छ । संस्थाले सदस्यहरुको हितका लागि लघु कर्जा, पशुपालन कर्जा, ग्रामीण उद्यम कर्जा प्रदान गर्दे आएको छ । १६ करोड ६४ लाख ४७ हजार ३ सय ४४ कुल वासलात रहेको संस्थाले यस वर्ष ४० लाख ५९ हजार ७ सय २८ मुनाफा गरेको छ । संस्थाको १ करोड ९१ लाख २८ हजार २ सय रुपैयाँ शेयर पूँजी रहेको छ भने बचततर्फ ४ करोड ६८ लाख ४२ हजार रहेको छ । संस्थाले १२ करोड ७ लाख ८३ हजार २ सय ७३ ऋण लगानी गरेको छ । संस्थाको आर्थिक सहयोगमा पशुपालन गर्ने ४२ जना कृषक सदस्यलाई गाई भैंसी पालन सम्बन्धी तालिम तथा ७० जनालाई क्षमता विकास तालिम सञ्चालन गरिएको छ ।

    सस्थाले सुत्केरी पोषण कार्यक्रम, पशु नश्ल सुधार कार्यक्रम, मृत्यु राहत तथा समवेदना कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । कार्यक्रममा सामुदायिक विद्यालयमा एसर्ईई पास गर्ने विद्यार्थी समूह नं. १५१ की सदस्यकी छोरी सञ्जीवनी क्षेत्री लुइँटेलले ३.९६ जिपिए प्राप्त गरेकाले रु २१००।– तथा +२ मा समूह नं. ११९ की सदस्य सरिता खतिवडाकी छोरी सलिना खतिवडाले ३.०६ जिपिए प्राप्त गरेकाले रु ३,१००।– छात्रवृत्ति पुरस्कार वितरण गरेको छ ।

    संस्थामा कारोबार गर्ने जेष्ठ सदस्यहरु समूह नं. ३० की सदस्य गंगादेवी कार्की र समूह नं. ११० का सदस्य सोमनाथ गौतमलाई ज्येष्ठ सदस्य सम्मान गरिएको छ भने उत्कृष्ट ऋणीतर्फ गीता थापा समूह नं. ९०, उत्कृष्ट बचतकर्तातर्फ जीवनकुमार दर्जी समूह नं. १२, उत्कृष्ट अन्तर समूहतर्फ अन्तर समुह ३, उत्कृष्ट समूहतर्फ समुह नं. ९६ लाई नगदसहित सम्मान गरिएको छ । संस्थाले आगामी वर्षदेखि ६५ वर्षमाथिका महिलालाई मातातीर्थ औँशी र ६५ वर्षमाथिका पुरुषलाई बुवाको मुख हेर्ने दिन सम्मान गरिने जनाएको छ ।

    संस्थाले २९ औँ वार्षिक उत्सवमा मेचीनगर–७ स्थित समाज कल्याण सुधार युवा संघमा आश्रित बालबालिकाहरुलाई विद्यालय पोशाक तथा खाद्यान्न उपलब्ध गराइएको थियो । साना किसान कृषि सहकारी संस्था लि., बाहुनडाँगी अर्ग्यानिक कृषि, वित्तीय सशक्तिकरण र सामाजिक जिम्मेवारीका क्षेत्रमा उल्लेखनीय भूमिका निभाउँदै आएको छ ।

    यस सहकारीले सामुदायिक विकासमा पुर्‍याएको योगदान अन्य सहकारी संस्थाहरूका लागि पनि अनुकरणीय बन्न पुगेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्बन्धी निर्देशन अनुसार संस्थाको साधारण सभामा गैर सदस्यलाई अतिथिमा आमन्त्रण नगरिएको संस्थाका मुख्य प्रबन्धक पोषककुमार दर्जीले बताए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    रेशम चौधरीको उम्मेदवारी रद्द

    २३ घण्टा अगाडि

    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अगाडि

    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

    ४ दिन अगाडि

    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै

    ५ दिन अगाडि

    कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न

    ६ दिन अगाडि

    मेयर बालेनले माघ ४ गते राजीनामा दिने: बालेनको राजीनामासँगै कामपा सहरी योजना आयोगका सबै पद रिक्त हुने

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    रेशम चौधरीको उम्मेदवारी रद्द
    २३ घण्टा अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    ३ दिन अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    ४ दिन अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    ५ दिन अगाडि
    कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न
    ६ दिन अगाडि
    मेयर बालेनले माघ ४ गते राजीनामा दिने: बालेनको राजीनामासँगै कामपा सहरी योजना आयोगका सबै पद रिक्त हुने
    १ हप्ता अगाडि
    माघे संक्रान्ति : प्रकृति, परम्परा र पहिचानको पर्व
    १ हप्ता अगाडि
    भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा
    २ हप्ता अगाडि
    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्
    २ हप्ता अगाडि
    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.