Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    आफ्नो सयन कक्षबारे शिक्षा मन्त्री पुनले भने– यस्तै त हुन्छ फाइभस्टार होटलमा

    ८ आश्विन २०८२, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ हप्ता अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको सयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका छन् । मंगलबार बेलुकी आफ्नो सयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइने भयो ।

    यस्तै त हुन्छ त फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’

    केशर महलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन मन्त्रालयभित्रै बस्ने–खाने बताएका उनले सचिवलाई सो व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

    उनको निर्देशन बमोजिम मंगलबार नै मन्त्रालयभित्र भान्सा र सयन कक्ष तयार पारिएको हो ।

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

    मन्त्री पुनले आफू राष्ट्रिय आविष्कार केन्द्रमा छँदा भुइँमा सुत्ने गरेको सुनाए । ‘म आविष्कार केन्द्रमा हुँदा भुइँमा टेन्ट टाँगेर, एउटा म्याट्रेस ओछ्याएर सुत्थेँ, म यस्तैमा हुर्किएँ’ उनले भने, ‘कि यस आराममा हुर्किएको भए एउटा कुरा हुन्थ्यो । भगवानले यस्तै दिए के गर्नु ।’

    ‘भुइँमा सुत्ने मान्छे’लाई फाइभस्टार होटलको जस्तो सुविधायुक्त बासको व्यवस्था मिलाइदिएको भन्दै मन्त्रालयका कर्मचारीहरुप्रति आभार प्रकट गरेका छन् । जेनजी युवा आन्दोलनको क्रममा सिंहदरबार परिसरभित्र रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आगजनी भएपछि लैनचौरको केशर महलमा शिक्षा मन्त्रालयलाई सारिएको थियो ।

    त्यहाँ रहेको मन्त्री पुनको कार्यकक्षलाई पार्टेसन गरेर त्यससँगै जोडिएको ठाउँमा सयन कक्ष बनाइएको छ । त्यहाँ बक्स पलङ राखिएको छ । छेउँमा टेबुल, कुर्सी, दराज र कपडा झुण्ड्याउने ह्याङ्गर राखिएको छ । सयन कक्षको छेउँमा सानो भान्सा कोठा छ । भान्सामा पकाउने खाने भाँडाकुँडा, डाइनिङ टेबल, फ्रिज लगायतका सामग्री छन् ।

    मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीमा रहेको सरकारी आवासमा पनि जेनजी युवा प्रदर्शनको क्रममा आगजनी भएकाले अन्त डेरा खोजेर बस्नुभन्दा आफूलाई मन्त्रालयमै बस्ने व्यवस्था मिलाइदिन मन्त्री पुनले भनेका थिए ।

    शिक्षा मन्त्रालयकी सहसचिव अनिता निरौलाले मन्त्री पुनका लागि एक सेट सुत्ने खाने व्यवस्था मिलाइएको बताइन् । उनको सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि पनि मन्त्रालयमै बस्ने व्यवस्था मिलाइएको छ ।

    आफू पहिलेदेखि नै ‘जहाँ काम गर्ने, त्यहीँ सुत्ने’ गरेको बताउँदै मन्त्री पुनले भनेका छन्, ‘बाहिर बस्न घर छैन । आफ्नो डेरा भए पनि गाह्रो हुने रहेछ ।

    नियम अनुसार सुरक्षाको साथी तैनाथ हुने रहेछ । उहाँहरूलाई कहाँ राख्ने ? कुना–काप्चामा बसेर भए पनि यहाँ सुरक्षित हुन्छ ।’

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ५ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    ७ दिन अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न

    २ हप्ता अगाडि

    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ५ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    ७ दिन अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    २ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    २ हप्ता अगाडि
    सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
    २ हप्ता अगाडि
    आफ्नो सयन कक्षबारे शिक्षा मन्त्री पुनले भने– यस्तै त हुन्छ फाइभस्टार होटलमा
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.