Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    खालिस्तानी नेताको हत्या मामिलामा अमेरिकाले क्यानडाको साथ दिएपछि भारत तनावमा

    ९ असोज २०८०, मंगलवार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको मामिलामा अमेरिकाले क्यानडाको अनुसन्धान अगाडि बढाउनुपर्ने र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने कुरा दोहोर्‍याएको छ। क्यानडाले निज्जरको हत्यामा भारतीय अधिकारीको हात रहेको आरोप लगाएको छ ।

    भारतले क्यानडाको आरोपलाई ‘आधारहीन’ र ‘राजनीति प्रेरित’ भन्दै अस्वीकार गरेको छ।

    अमेरिकाको विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले भने ‘हामी प्रधानमन्त्री ट्रुडोले लगाएको आरोपबाट चिन्तित छौं। हामी क्यानाडाका सहकर्मीहरूसँग नजिकको सम्पर्कमा छौं।’ एक प्रश्नको जवाफमा मिलरले भने, ‘हामीलाई यो महत्त्वपूर्ण घटना हो भन्ने विश्वास छ । क्यानाडाको अनुसन्धान अगाडि बढ्नुपर्छ र अपराधीहरूलाई न्यायको दायरामा ल्याउनु पर्छ। हामीले सार्वजनिक र निजी रूपमा भारत सरकारलाई क्यानडाको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छौं।’

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले क्यानडाका प्रधानमन्त्री ट्रुडोले भारतमाथि लगाएको आरोपप्रति अमेरिका गहिरो चिन्तित रहेको र वाशिङटनले यस विषयमा ओटावासँग नजिकबाट समन्वय गरिरहेको बताए । उनले भने ‘अमेरिका यस मामिलामा जवाफदेहिता हेर्न चाहन्छ।’ शुक्रबार न्युयोर्कमा पत्रकार सम्मेलनमा बोल्दै ब्लिन्केनले यस विषयमा अमेरिकाले भारत सरकारसँग सीधै कुरा गरेको र यो अनुसन्धान पूरा गर्नु सबैभन्दा उपयोगी हुने बताए ।

    यसअघि क्यानडाका लागि अमेरिकी उच्चायुक्त कोहेनले एक अन्तर्वार्तामा अमेरिकाले यी आरोपहरूलाई गम्भीरताका साथ लिएको बताएका थिए । यदि यी आरोपहरू सत्य साबित भएमा यो सम्भवतः नियमहरूमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको धेरै गम्भीर उल्लङ्घन हुने उनले बताए ।

    क्यानडामा खलिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसको पछाडि भारतको हात रहेको आरोप लगाएका थिए । यसपछि भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । निज्जरलाई भारतले आतंकवादी घोषणा गरेको थियो । जुन १८ मा क्यानडाको सरेस्थित गुरुद्वारा बाहिर उनको हत्या भएको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    ६ दिन अगाडि

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    १ हप्ता अगाडि

    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते

    २ हप्ता अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    २ हप्ता अगाडि

    आज विश्व वातावरण दिवस २०२५ मनाइयो

    ४ हप्ता अगाडि

    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    १ दिन अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    ३ दिन अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    ३ दिन अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    ४ दिन अगाडि
    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    ५ दिन अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    ६ दिन अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    १ हप्ता अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    १ हप्ता अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    १ हप्ता अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.