Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    विश्व पर्यटन दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सरस्वती माविका चिरञ्जीवी प्रथम

    १० असोज २०८०, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर पर्यटन कार्यालयले ‘नेपालमा पर्यटनको सम्भावना र चुनौति’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।

    प्रतियोगितामा सहभागि विद्यालयलाई पछि पार्दै सरस्वती माविका चिरञ्जीवी कोइराला प्रथम भए । दोस्रो पुरस्कार बालसुबोधनीका रमेश नेपालले प्राप्त गरे । त्यसैगरी ईष्ट होराइजन माविकी रेजिना वन तेस्रो भइन् । प्रतियोगितामा सान्त्वना पुरस्कार आदर्श मावि इटाट्टाका विकास गौतमले प्राप्त गरे । उनीहरुलाई क्रमश ५हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित प्रशंसापत्र द्वारा पुरकृत गरिएको थियो ।

    पर्यटन कार्यालय परिसरमा आयोजित प्रतियोगितामा मेचीनगरका १७ वटा निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए ।

    पर्यटन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख प्रभात भट्टराईको सभापतित्व तथा मेचीनगर ४ का वडाध्यक्ष एवम् पर्यटन अभियान्ता अर्जुन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपालमा पर्यटनको प्रचुर सम्भावना भएपनि सरकारले त्यसको सही व्यवस्थापन गर्न नसकेको औंल्याएका थिए ।

    उनीहरुले आफ्नो प्रस्तुतिमा नेपाललाई हिराको संज्ञा दिए । हामी अमुल्य बस्तु लिएर बसेका छौं,’ विद्यार्थीहरुले आफ्नो प्रस्तुतिमा भनेका छन् ,‘हिराको महत्व नबुझेर सुनमा लोभिनु हाम्रोलागि दुर्भाग्य हो ।’ विश्वको सर्वाेच्च शिखर सगरमाथादेखि नेपाकै सबैभन्दा होचो भूभाग आफ्नै प्रदेमा भएको भएपनि पर्यटन प्रवर्धन अझै हुन नसकेको दुखेसो पोखेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि अर्जुन कार्की, पर्यटन् प्रहरी काँकरभिट्टका प्रमुख धिरज अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमलाई सफल पार्न शिक्षक हेम खड्का संयोजक रहेको तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो । जस्को सदस्यमा पत्रकार मायामितु न्यौपाने र पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत रेवती ढुंगाना रहेका थिए ।

    कार्यक्रममा काँकरभिट्टा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक भारती, अध्यागमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख रेवन्त प्रसाद भट्टराई, नाटा प्रदेश नम्बर १ का अध्यक्ष पुन्य भट्टराई, होम स्टे कोशी प्रदेश सदस्य मञ्जील देवान, मेची चेम्बर अफ कमर्श धुलाबारीकी अध्यक्ष रुकमणी आचार्य, माइती नेपालका संयोजक गोविन्द घिमिरे, कालिका सामुदायिक वनका अध्यक्ष योगेश भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

    पर्यटन कार्यालयका सूचना अधिकारी निरज कट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत हेमराज अर्यालले गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ हप्ता अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    २ हप्ता अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    ३ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ हप्ता अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    २ हप्ता अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    ३ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    ४ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    १ महिना अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    १ महिना अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    १ महिना अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.