Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    जैतुन छाँया सफलताको धन्यवाद कार्यक्रम, दर्शन सुतेर देख्ने कुरा होइन, देखेर सुत्नै नसक्ने हो : पास्टर नामूल राई

    १४ आश्विन २०८१, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट८ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    – होमराज राई,


    १४ आश्विन,

    झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतिले जैतुन छाँया सिजन ३ एपिसोड २ सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद कार्यक्रम गरेको छ ।

    गत असोज ३ गते पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा सम्पन्न जेैतुन छाँया सिजन ३ एपिसोड २ मा भब्य दर्शकको उत्साहजनक उपस्थिति रहेको कार्यक्रम सफलताको लागि जुटेका सहयोगीदाता, सम्पूर्ण ईसाई समाज, सञ्चारकर्मी, स्वयंसेवक लगायतले पुर्याएको योगदानको सम्मान गर्दै आयोजक समितिले धन्यबाद ज्ञापन गरेको हो ।

    जेतुन छाँया सिजन ३, एपिसाेड २ सफलताको धन्यवाद कार्यक्रमका प्रमुख बक्ता पास्टर नामूएल राईले बुद्धिमानहरु, पैसावालहरु र दर्शन देख्नेहरु आउछन् , तर सबै कुरा छाेडाेर दर्शन लिएर आउनेहरुसँग पछ्याउनु नै सफल र असल हुने भएकाले बिर्तामोड नगर ईसाई जवान संगतिले साे दर्शनलाई बुझेर पछ्याएकोले सफल भएको बताएका थिए ।

    परमेश्वरकाे दर्शन त पूरा हुन्छ हुन्छ , कि तपाईं र म खिया पर्याैं भने अरुलाई चलाउनु हुनेछ । दर्शन हामीले स्पष्टसंग पक्र्याैं भने उहाँले हामीलाई नै डाेर्याउनु हुनेछ । दर्शन भनेको कुरा सुतेर देख्ने कुरा हाेइन, देखेर सुत्नै नसक्ने कुरा हाे त्यसैले पनि दर्शन नमर्ने पास्टर नामूएलकाे भनाइ थियो ।

    बिर्तामोड ईसाई समाजका अध्यक्ष पास्टर नरेन राईले भने काम गर्दै जाँदा कहाँ हान्दा कहाँ लाग्छ केही चिप्लिन गएकोमा आयोजकले पहिलेनै क्षमा मागिसकेकाेले सम्पन्न कार्यक्रमकाे सफलताको लागि यो धन्यवाद कार्यक्रम गरिएको राईको भनाइ थियो । भिजन त धेरैले देख्छ तर पूरा गर्न सक्दैन, आज बिर्तामोड नगर ईसाई जवान संगतिले भिजन देखे र पूरा गरे ।

    झापा जिल्ला ईसाई समाजका सचिव पास्टर राजु चाम्लिङ्गले थोरै वातावरण मौसमका कारण सामाना गर्न गाह्यो भइरहेको अवस्थामा पनि अत्यन्तै राम्रो कार्यक्रम भएको छ । यो फागुनदेखि असोजसम्मको ५/ ६ महिनाको अन्तरालमा तीन वटा ऐतिहासिक कार्यक्रमहरु झापाली ईसाई समाजको अत्यन्तै उत्साहपूर्ण उपस्थितिमा हुन सकेको थियो । अतिथि सदनमा पास्टर धिरज र दिपेन्द्र अक्षामी भाइहरुले गर्नुभएको, झापा इसाई समाजले २५ बार्षिक उत्सव र धुलावारीको जेसिस हलमा बिर्तामोडका जवान भाइहरुले गर्नुभएको अत्यन्तै उत्साहजनक उपस्थितिमा भएको थियो । यसले के जनाउँछ भने बिचारलाई जोड्नुपर्दछ र एकतालाई गुणन भन्ने शूत्र प्रयोग हुदै गरेको कुरा आज हामीले अभ्यास गरिरहेका छाैं, देखिरहेको छाैं । यस कार्यक्रममा झापा जिल्लाभरिएका युवाहरूको संक्रियता रहेकोे देखिन्छ । यस्तो एकता अत्यन्तै उर्वर छ भन्ने कुरा बुझाउँछ । सो कार्यक्रममा पत्रकारहरुप्रति गरिएको शब्द अलि नमिल्दो भए पनि अब उसो स्टेजमा बोल्दा सजक र होशियारी अपनाउनु पर्ने उनको भनाइ थियो ।

    पत्रकारहरुको नेतृत्व गर्दै पत्रकार तथा पास्टर वीर बहादुर तामाङले बिभिन्न न्यूज पाेर्टलहरुमा लगभग ५ चरणमा यस कार्यक्रमको प्रचारप्रसार र सहयोग गर्ने अवसर पायौं । पत्रकारहरुले थाेरैमात्र भएपनि भूमिका खेलेको छ भन्ने मलाई लागेको छ । हाम्रो बीचमा जेजस्तो भएपनि हामीले समझदारीमा आएको छाैं, सहकार्य र एकता नै बल अनि सफलता भएको पत्रकार तामाङको भनाइ थियो ।

    एनसिएफएन काेशी प्रदेश अध्यक्ष पास्टर गंगा आलेले जैतुन छाँयाकाे जब चर्चा हुदै थियो , अब कार्यक्रम सफल गर्न पैसा चाहिन्छ र कति लाग्छ । गार्‍हो अवस्था थियो, तर जब कार्यक्रम भब्य उपस्थितिमा सम्पन्न भएको भएको देख्दा अब सालैपिच्छे बिर्तामोड जवानहरुले याे कार्यक्रम गर्नुपर्छ भन्दै उत्साह दिएका थिए ।

    कार्यक्रममा आयोजक तथा जवान संगतिका अध्यक्ष गायस शेर्पाले स्वागत गरेको कार्यक्रमको अतिथिहरुमा एनसिएफ कोसी प्रदेश अध्यक्ष पास्टर गंगा आले, झापा जिल्ला सचिव पास्टर राजु चाम्लिङ, विर्तामोड नगर ईसाई समाज अध्यक्ष पास्टर नरेन राई, कोषाध्यक्ष एल्डर सन्तोष राईले धन्यबाद ज्ञापन व्यक्त गरेका थिए ।

    जैतुन छाँयाको कार्यक्रममा जम्मा ७ लाख ६ हजार एक सय उठेको मध्ये कार्यक्रम विविध खर्च ५ लाख ७२ हजार २ सय पचास भएको हो भने हाल १ लाख ३३ हजार ८ सय पचास बचत रहेको जवान समितिका सचिव डेभिड खवासले जानकारी गराएका छन् ।



    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    १ दिन अगाडि

    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

    ३ दिन अगाडि

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

    ३ दिन अगाडि

    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा

    ४ दिन अगाडि

    आज विश्व वातावरण दिवस २०२५ मनाइयो

    ६ दिन अगाडि

    मेचीनगर ईसाई समाजको साधारण सभा असार १६ मा हुने

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    १ दिन अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    ३ दिन अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    ३ दिन अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    ४ दिन अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    ६ दिन अगाडि
    मेचीनगर ईसाई समाजको साधारण सभा असार १६ मा हुने
    १ हप्ता अगाडि
    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा
    १ हप्ता अगाडि
    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा
    १ हप्ता अगाडि
    ‘महाभोज’को प्रदर्शन मिति तय जेठ ३० गतेलाई
    २ हप्ता अगाडि
    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब लिटरको कति ?
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.