Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने

    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । सरकारले इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई स्वदेश ल्याउन नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ ।

    इजरायलमाथि प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गरेपछि उद्धारका लागि गुहारिरहेका नेपालीलाई लिन आज राति ११ बजे जहाज पठाउन लागिएको हो ।

    नेपाल एयरलाइन्सको जहाज राति ११ बजे काठमाडौंबाट उड्ने परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । नेपाल एयरलाइन्सको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जाने उनले जनाए ।

    आजै बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्ड्यन प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का प्रमुखलाई बोलाएर नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

    इजरायल र हमासबीचको संघर्ष जारी रहेकाले त्यहाँ रहेका नेपालीले असुरक्षित महसुस गरेका छन् । सुरक्षा जोखिममा रहेका ३५० भन्दा बढी नेपाली विद्यार्थीले स्वदेश फर्कन अनलाइनमार्फत फारम भरेको तेल अबिबस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । अध्ययनसँगै कामका लागि इजरायल पुगेका नेपाली विद्यार्थीले छिटोभन्दा छिटो उद्धारका गर्न सरकारलाई आग्रह गरिरहेका छन् । दूतावासले इजरायल-गाजा सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

    हमासले गत शनिबार बिहान गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमासको आक्रमणमा परी घाइते भएका चार नेपालीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको दूतावासले जनाएको छ । साथै बेपत्ता रहेका एक नेपालीको खोजी कार्य भइरहेको जानकारी दिएको छ । 

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ३ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    ४ दिन अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    ६ दिन अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    ६ दिन अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    ६ दिन अगाडि

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल

    ७ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ३ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    ४ दिन अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    ६ दिन अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    ६ दिन अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    ६ दिन अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    ७ दिन अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    १ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    १ हप्ता अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    २ हप्ता अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.