ईलाम — ईलाम जिल्ला माई नगरपालिका–७, ८ र २ का वडावासिलाई स्थानीय ईसाई समाज, कोशी प्रदेश ईसाई समाज र क्यिक रेस्क्यु टिम को संयुक्त सहयोगमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम स्थानीय सरकारका जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको हो।
माई–७ का ८ घरपरिवारलाई जस्ता र केही कपडा,
माई–८ का १९ घरपरिवारलाई कपडा र साबुन–टुथपेस्ट,
र माई–२ का ५७ घरपरिवारलाई कपडा र साबुन वितरण गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
क्यिक रेस्क्यु टिमका अध्यक्ष बिक्रम यक्तेन लिम्बूले आफ्नो मन्तव्यमा भने,
“यो सरकार मेरो पनि हो, यो देश मेरो पनि हो, र यो समाज मेरो पनि हो। थोपा–थोपा मिलेर नदी बन्ने जस्तै सानो सहयोगले ठूलो प्रभाव पार्न सक्छ भन्ने सोचका साथ हामी यहाँ आएका हौँ। राहतलाई ‘सहयोग र सम्झना’को रूपमा लिनुहोस् — हामीले यसलाई राहतको रूपमा होइन, आपसी माया र नेपाली पहिचानका प्रतीकका रूपमा लिएका हौँ,”
भन्दै उनले दुःख–सुखमा एकअर्काको साथ रहने प्रतिबद्धता जनाए।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, स्थानीय ईसाई समाज, कोशी प्रदेश ईसाई समाज र क्यिक रेस्क्यु टिमका सदस्यहरू लगायतको उपस्थिती रहेको थियो।