Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    महान आज्ञा कार्यशाला गोष्टि, कोशी प्रदेश समितिमा रेभ.शमूएल तामाङ्ग

    २९ आश्विन २०८१, मंगलवार
    सन्देश पोस्टBy सन्देश पोस्ट७ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २८ असोज,

    मेचीनगर । काँकरभिट्टाको कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा महान आज्ञा कार्यशाला गोष्टि सम्पन्न भएको छ । सोमबार अनाथ, असाहाय बाल–बालिका,एकल महिला र गरीव बालबालिकाहरुको सेवा गर्ने उद्देय र यस कार्यशालाको मुख्य थिम नै “आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर” भन्ने रहेकाले सबैले यस अर्गनाइजेसनको भिजनलाई साथ दिनुपर्ने संस्थाका निर्देशक रेभ.सिमसन तामाङ्गले बताउनु भयो ।
    ग्लोवल अर्फन रिलिफ अर्गनाइजेसनको आयोजनामा भएको गोष्ठिमा अनाथ, असाहाय, असक्त बाल–बालिकाहरुमाभफ सेवा गर्ने उद्देश्यले नेपालमा स्थापना भएको निर्देशक तामाङ्गको भनाइ छ ।

    कार्यक्रममा बाल–बालिका सम्बन्धि नेपालका कानूनी परामर्शदाता, बाल–मनोबैज्ञानिक तथा सामाजिक ब्यक्तित्वहरुबाट प्रशिक्षण लिएका थिए । संस्थाका निर्देशक तामाङ्गले दर्शन त्यसको कामबारे प्रस्ट्याएका थिए ।

    मिसन बारे ः
    संस्थाको पहिलो र दोस्रो मिसन राखेका थिए । पहिलो मिसन भनेकोे ग्लोवल अर्फन रिलिफ अर्गनाइजेसनले देशमा रहेका अनाथ बाल–बालिकाहरुबीच प्रेम सहित सेवा पुर्याउनु हो भने दोस्रो मिसन अनाथ,असाहाय गरीब बाल–बालिकाहरुको आत्मिक, शारीरिक र भावनात्मक उपचारको पहल गर्नु हो ।
    त्यसपछि काम गर्नेछ । अनाथ ,असाहाय र गरीब बाल–बालिकाहरुकोबीचमा घरमा आधारित हेरचाहको पहल गर्नेछ । जस्तै सडकमा रहेका बालबालिकाहरु, बुबा–आमा नभएका,समाजमा रहेका गरीब नानीहरुलाई घरमा आधारित हेरचाहको पहल गर्नेछ भने दोस्रो पहल संस्थाले शिक्षा क्षेत्रमा कामहरु गर्नेछ । कोहि गरीब परिवारमा आर्थिकका कारण पढाइप्रति बन्चित हुन नपरोस भनेर त्यस्ता बाल–बालिकाहरुलाई शिक्षा हासिल गर्नलाई आर्थिकको प्रवन्ध गर्नेछ । त्यसैगरी तेस्रो पहल अर्गनाइजेसनले पोषणको प्रवन्ध गर्ने छ । अनाथ बाल–बालिकाहरुलाई खाना तथा लत्ता–कपडाहरुको प्रवन्ध गर्ने गरेको छ ।

    महान आज्ञा कार्यशाला ः

    नेपालमा रहेका चर्चहरुसंग सहकार्य गर्दै महान आज्ञा कार्यशाला कार्यक्रमहरु बिभिन्न क्षेत्रमा आयोजना गर्नेछ । यो महान आज्ञा कार्यशालाचाहिँ प्रभूले दिनुभएको महान आज्ञासंग सम्बन्धित छ । आफ्ना छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, भन्नुभएको बचन आधारित रहेको बताउनु भयो ।

    महान आज्ञा कार्यशाला गोष्ठिमा रेभ शमूएल तामाङ्गले बाइबलीय सन्देश बाड्ने क्रममा बुबा–आमा गुमाएका बाल–बालिकाहरुलाई अनाथ भनिने बताउनु भयो । दुःखमा परेका, असाहाय, अनाथ बाल–बालिकाहरुलाई हेरचाह गर्न तपाई र मलाई परमेश्वरले बोलाउनु भएको हो । हामी बाइबल त पढ्छौं तर अनाथलाई बेवास्ता गर्छौ भने अझै परमेश्वरको चरित्र आएको छैन र हामी न्यायक भएको छैन भन्ने कुरा प्रष्ट हुन्छ ।
    असाहाय गरीब र अनाथ बाल–बालिकाको पक्षमा बोल्न बाइबलले बताएको उनको भनाइ छ । हामी सबैजना मिलेर उनीहरुको पक्षमा काम गरे ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो ।
    अनाथ, असाहाय, एकल महिलाहरुको पक्षमा काम गर्नेनै पवित्र सेवकाइ हो । हामीले यस्ताका पक्षमा काम नगरे परमेश्वर रिसाउनु हुने समेत चेताउनी दिनु भयो । त्यसैले जाग्रूपताकासाथ सबैको साथ सहयोगमा अघि बढ्न आग्रह गर्नुभयो ।


    कार्यक्रममा अधिवक्ता प्रेमप्रसाद बिमलीले बाल–बालिका ऐन २०७५ सम्बन्धीत रहेर तयार भएको छ । बाल–बालिका समबन्धीत अधिकारलाई नेपालको संविधानको मौलिक अधिकारको रुपमा रहेको छ । प्रत्येक बाल–बालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ताको हक हुनेछ । प्रत्येक बाल–बालिकाहरुलाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद,मनोरञ्जन तथा सर्वाङ्गी बिकासको हक हुनेछ । बाल–बालिकालाई कुनैपनि जोखिमपूर्ण काम लगाउन पाइनेछैन । उनीहरुलाई कुनै पनि शारीरिक,मानसिक,यौनजन्य तथा कुनै पनि प्रकारको शोषण जस्ता अनुचित कार्य गर्न पाइने छैन । प्रत्येक बाल–बालिकालाई न्यायको हक हुनेछ । अपाङ्गता भएका उत्पीडित जोखिममा रहेका बाल–बालिकालाई राज्यबाट बिशेष संरक्षण गर्न पाउने हक रहेको उनको भनाइ थियो ।


    कार्यक्रममा प्रशिक्षण दिने क्रममा डा.गोबिन्द बहादुर गजमेरले कति बाल–बालिकाहरु आफ्नै परिवारबाट अपहेलित भएर हिंसात्मक वा अनाथ,एक्लोपन र बेवारिसे बन्न पुगेको बताउनुहुन्छ । बाल–बालिकाहरुलाई आफ्नो घरमा असल शिक्षा,प्रेम, सहानुभूति र सबैलाई एकै समानरुपमा हेर्नुपर्ने उनको भनाइ छ ।
    प्राकृतिक प्रकोपका कारण भूकम्प, आँधी,ज्वालामुखी बिस्फोट, यूद्ध, बाढी–पहिरो, वा सुनामीका कारण एक्लिएका बाल–बालिकाहरुमा डर–त्रास, भावनात्क तथा शारीरिक कठिनाइहरु सामना गरिरहेका हुन्छन् । हामीले उनीहरुलाई नजिक गएर प्रेम, आत्मसम्मान साथै समस्याको समाधन गर्नुपर्ने हुन्छ । यस्ताहरुलाई प्रेम, सहाराको आवश्यकता रहेको गजमेरको भनाइ छ । यस्ता आघात अवस्थामा रहेका ब्यक्तिहरुलाई उपचारका लागि बाइबलीय आधारहरु पनि रहेको छ । परमेश्वर टुटेको हृदयको नजिक हुनुहुन्छ र हाम्रो दुःखमा सान्त्वना दिनुहुन्छ ।

    महान आज्ञा कार्यशाला

    यस महान आज्ञा कार्यशालाले कोशी प्रदेश कार्य समिति एक प्रशिक्षण कार्यक्रमकाबीच रेभ. शमूएल तामाङ्गको अध्यक्षतामा चयन भएको छ । त्यसैगरी समितिको उपाध्यक्षमा सूर्य बहादुर खड्का,सचिब कुबिमान राई, कोषाध्यक्ष बिशाल माङ्मुू रहेका छन् भने सदस्यहरुमा सचिन चौधरी,चन्द्रहाङ लिम्बू, गोपाल श्रेष्ठ, बीर बहादुर तामाङ, दिलबहादुर तामाङ, पा.तारा राई चयन भएका छन् भने इनिमा गहतराज कर्मचारीमा नियूक्त भएकी छिन् ।

    यस कार्यशाला गोष्ठिमा पास्टर बिजय घतानीले क्रूसको फेदमा गीतका बोलबाट आफ्नो मधुर स्वार प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएका थिए । जसले खानापछिका आलस्यपनलाई स्फूतिलो पारिएका थिए ।

    यस महान आज्ञा कार्यशाला गोष्ठिको निर्देशकको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन पास्टर कुबिरमान राईले गर्नुभएको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १९ घण्टा अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    ३ दिन अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    ४ दिन अगाडि

    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

    ५ दिन अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १९ घण्टा अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ दिन अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    ३ दिन अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    ४ दिन अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    ५ दिन अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    १ हप्ता अगाडि
    चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार
    २ हप्ता अगाडि
    पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले गरे प्रदर्शन 
    १ महिना अगाडि
    तीनकुने घटनामा पक्राउ पर्नेकाे संख्या १११ जना पुग्यो
    १ महिना अगाडि
    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.