काठमाडौँ।
नेपाल आईसीसी टी-२० विश्वकपका लागि छनोट भएको छ।
विश्वकप एसिया र इस्ट प्यासिफिक छनोटमा यूएईले सामोआलाई पराजित गरेसँगै नेपाल लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो ।
सुपर सिक्समा नेपाल, ओमान र यूएई २ अंकसहित प्रवेश गरेका थिए । सुपर सिक्समा नेपालले यूएइ र कतारलाई पराजित गर्दै ६ अंक बनाउँदा समान खेलबाट ओमानको पनि ६ अंक बनाएको छ। ओमान रनरेटमा नेपाल भन्दा अगाडि छ ।
यूएई तेस्रो स्थानमा रहेकाे छ । नेपाल र ओमानबीचकाे खेल बुधबार राति पाैने ९ बजेदेखि शुरु हुने भएकाे हाे।
अब नेपालले यो खेल जितेमा उपाधि यात्रालाई सहज हुने भएकाे छ ।