Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    अमेरिकी राष्ट्रपति निर्वाचन आउन दुई हप्तामात्रै बाँकी, ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धा

    ८ कार्तिक २०८१, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट७ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । विश्वको शक्तिशाली देश अमेरिकाको राष्ट्रपति निर्वाचन आउन अब दुई हप्तामात्रै बाँकी छ। निर्वाचनमा सहभागी भएका दलमध्ये रिपब्लिकन र डेमोक्र्याट उम्मेदवारबीच एक अर्कामाथि आरोप लगाउने क्रम तीव्र रूपमा अघि बढेको छ। नोभेम्बर ५ मा हुने उक्त निर्वाचनमा कसले बाजी मार्छ अहिले नै भन्न कठिन देखिएको छ।

    अहिलेको निर्वाचनमा सहभागी भएका दुई राष्ट्रपतिका उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनान्ड ट्रम्पबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। मुख्य निर्वाचनको दिन आउन दुई हप्ता बाँकी भए पनि विश्वभर छरिएर रहेका अमेरिकी नागरिक र अमेकामा नै बसोवास गरिरहेका नागरिकमध्ये १ करोड ५० लाखभन्दा बढीले मतदान गरिसकेका छन्।

    आगामी चार वर्षका लागि हुने उक्त निर्वाचनमा ह्यारिस वा ट्रम्प कसले बाजी मार्छ अहिले नै अनुमान लगाउन कठिन हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका समाचारमा उल्लेख गरिएको छ। यसपटकको निर्वाचनमा दुवै उम्मेदवारको चुनावी सक्रियता अत्यत्न प्रतिस्पर्धात्मक भएकाले चुनावमा एक प्रतिशतभन्दा कम मतले जितहार हुने विश्षेषण गरिएको छ।

    ह्यारिसका लागि मिसिगन, पेन्सिलभेनिया र विस्कन्सिनजस्ता राज्यमा जित हुने निश्चित देखिएको छ भने एरिजोना, जर्जिया, नेभाडा र नर्थ क्यारोलिनाबाट आउने परिणामले पनि ह्यारिसको भाग्य निर्धारण हुने अनुमान गरिएको छ। मिसिगन, पेन्सिलभेनिया र विस्कन्सिनमा ह्यारिस र ट्रम्पबीच १ प्रतिशतभन्दा कम मतान्तर रहेको अनुमान गरिएको छ। दुवै उम्मेदवारले प्रयोग गरेका चुनावी हथकण्डाका कारण मतदाताहरू अलमलमा परेका छन्।

    यसपटकको निर्वाचनमा ह्यारिसभन्दा ट्रम्प गालीगलौजमा तल्लो स्तरमा उत्रिएर मतदातालाई आफूप्रति आकर्षित गर्ने प्रयास गरिरहेका छन्। आफ्ना एजेन्डाभन्दा पनि विपक्षी उम्मेदवारका बारेमा गरिएको टिप्पणीले चुवानमा ट्रम्प पराजित हुने संकेतका रुपमा विश्लेषकहरूले लिएका छन्।

    यसअघिको निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारबीचको मतअन्तर १० प्रतिशत र सोभन्दा बढी हुने गरिएकोमा यसपटक भने दुवै उम्मेदवारबीचको मतान्तर ५ प्रतिशतको हाराहारीमा रहेकाले चुनावी परिणाम अनिश्चित रहेको सीएनएन र बीबीसीजस्ता सञ्चारमाध्यमले समाचार प्रशारण गर्दै आएका छन् । ती ५ प्रतिशत मतदाताले अहिलेसम्म खुलेका छैनन्।

    ह्यारिस चुनावी मैदानमा आउनुभन्दा अघि ट्रम्प र जो वाइडेनबीचको मतान्तर ठूलो रहेको थियो । चुनावी मैदानबाट वाइडेन बाहिरिएपछि राष्ट्रपतिको उम्मेदवारमा ह्यारिसको प्रवेशसँगै ट्रम्पको लोकप्रियतामा एकैपटक ५० प्रतिशत भन्दा बढीले घटेपछि ट्रम्प चुनावी प्रतिप्रर्धामा खरो रूपमा उत्रिएका थिए । चुनावको दिनसम्म यो नतिजा कायम रहेमा ५० वर्षपछि मतान्तर औसत १ प्रतिशतभन्दा कम हुने आँकलन गरिएको छ ।

    सन् २०१६ र २०२० मा ट्रम्पप्रति जनताले दर्शाएको माया कायम गर्न सके भने ३०० भन्दा बढी इलेक्टोरल मतसहित विजयी हुने अनुमान गरिएको छ। तर, परिस्थिति अहिले फेरबदल भएको छ।

    अर्का उम्मेदवार ह्यारिसले प्रमुख ब्याटल ग्राउन्ड राज्य जितेमा ३०० भन्दा बढी इलेक्टोरल मत पाउने सम्भावना छ । पछिल्ला चार वर्षमा प्रमुख राज्यमा रिपब्ल्किनले डेमोक्रेटलाई पछि पार्दै गएको देखिएको थियो । तर, पछिल्ला चुनावी सर्वेक्षणअनुसार मतदाताले मत प्याटर्न परिवर्तन नगरेमा पेन्सिलभेनियामा कमला ह्यारिसको निश्चित प्रायः नै देखिन्छ।

    रोचक कुरा के छ भने यो निर्वाचनमा ट्रम्पले यसअघिको तुलनामा बढी अश्वेत पुरुषको मत पाउने देखिन्छ भने डेमोक्रेटिक उम्मेदवार ह्यारिस सबैभन्दा बढी श्वेत महिलाबीच लोकप्रिय देखिएको पनि मत सबेक्षणले देखाएको छ। अमेरिकमा अश्वेत युवा पुरुषको तुलनामा श्वेत महिलाको संख्या एक तिहाइभन्दा बढी रहेको छ।

    कतिपय राज्यमा मतदान शुरू भइसकेको छ भने कतिपय राज्यमा मतदानको प्रक्रिया नै शुरू गरिएको छैन। अहिले ट्रम्पको पक्षमा मतदान गर्न विश्वका दोस्रो ठूलो धनी अर्बपति एलन मक्सले हरेक दिन मतदानमा सहभागी हुनेमध्ये १ जनालाई १० लाख रुपियाँ पुरस्कार दिने घोषणा गर्दै मतदातालाई किन्ने प्रयास गरेका छन्। उनले हरेक दिन एक जना मतदातालाई १० लाख दिने घोषणा गर्दै मतदातालाई ट्रम्पको पक्षमा पार्ने कोसिस गरिरहेका छन्।

    अहिले मक्सको उक्त घोषणालाई लिएर अमेरिकी जनता दुई कित्तामा विभाजित भएका छन्। कतिपय स्वतन्त्र अमेरिकी नागरिकले मक्सलाई मूर्खको संज्ञा दिएका छन्।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    २ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    २ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.