Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    राजीव र सुस्मिता च्याम्पियन

    १२ कार्तिक २०८०, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । 

    भक्तपुरका राजीव चिकंवन्जार र ओखलढुंगाकी सुस्मिता खड्का तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । स्पिन इभेन्ट प्रालिद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा राजीवले सिरहाका कृष्ण थापामगरलाई हराएर उपाधि हासिल गरेका हुन् ।

    उनले सो खेल ११–८, ११–७, १०–१२, ७–११ र ११–९ को सेटमा आफ्नो पक्षमा पारेका थिए । यो विधामा बेल्कोटगढीका गणञ्जय दाहाल तथा सिन्धुपाल्चोकका सुजन गडाल संयुक्त रूपमा तेश्रो भए । खेल प्रेमी सुमन खड्गीको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको महिला सिंगल्सको फाइनलमा सुष्मिताले भक्तपुरकी मञ्जु सुवाललाई हराएकी हुन् ।

    उनले सो खेल ११–७, ११–७ र ११–१ को सोझो सेटमा जितेकी थिइन् । यो विधामा कीर्तिपुरकी योङगी पौडेल र भक्तपुरकी यशस्वी अवालले तेश्रो स्थान प्राप्त गरेका थिए । अन्य स्पर्धाको यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुरका जयस्नु महर्जन र गल्र्समा कीर्तिपुरकी योङगी पौडेल तथा टिम इभेन्टको पुरुषमा ललिपतुर र महिलामा भक्तपुरले स्वर्ण हात पारे ।

    त्यस्तै, भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि काठमाडौं २६ का चन्दन शाही, ५० वर्षमाथि ललितपुर ६ का राजेन्द्र कपाली र ६० वर्षमाथि धरानका राजन सुब्बा तथा महिला ४० वर्षमाथि काठमाडौं २९ की इन्दिरा पराजुलीले पहिलो स्थान हात पारेका थिए ।

    पुरुष-महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । टिम इभेन्टमा बाहेक अन्य स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाए । टिम इभेन्टमा भने नगद पुरस्कार राखेको थिएन ।

    सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा जम्मा १० स्पर्धामा प्रतिस्पर्धा भएकोमा दिनेश बोहरा, रोज शाही, सिरा शाक्य र मेरिशा श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । विजेतालाई बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

    चारदिने प्रतियोगितामा करिब ४ सय खेलाडीले प्रतिस्पर्धा गरेको स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ३ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ५ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ६ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    ७ दिन अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    २० घण्टा अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ३ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ५ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ६ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    ७ दिन अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    १ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.