Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को दौडको उपाधि

    १७ कार्तिक २०८१, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट८ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रियस्तरमै चर्चित नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को रेसको उपाधि जितेकी छन् । सुनमायाले शनिबार भएको एसियाकै प्रतिष्ठित र ठूलो रेस टिसाइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चिनियाँ धावक दोस्रो र तेस्रो भए ।

    दुई सातामा सुनमायाले चीनमा जितेको यो दोस्रो रेस हो । यसअघि उनले कात्तिक पहिलो साता भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् ।

    यस्तै सुनमाले चीनमा जितेको यो तेस्रो उपाधि हो । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् ।

    पछिल्लो समयमा सुनमायाले लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिइरहेकी छन् । चीनबाहेक उनले युरोपका विभिन्न राष्ट्रमा गएर पनि ट्रेल रेसमा दौडिएकी छन् । अधिकांक रेसमा सुनमायाले शीर्ष तीनमा आउन सफल भएकी छन् ।

    कर्णाली प्रदेशको जुम्ला पातरासी गाउँपालिका २ पेरे गाउँकी सुनमायाले अहिले आफ्नो क्षेत्र मात्र नभई देशलाई नै विश्वमाझ चिनाइरहेकी छन् ।

    सुरुमा स्कुलमा हुने विभिन्न दौड प्रतियोगितामा भाग लिने सुनमायाले सन् २०१५ मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दौडमा दोस्रो भएपछि यसलाई निरन्तरता दिइन् ।

    सन् २०१६ मा भएको मनास्लु माउन्टेन ट्रेल रेसमा दोस्रो भएपछि उनको अन्तर्राष्ट्रिय दौड यात्रान पनि सुरु भयो । त्यसपछि भने सुनमायाले विश्वका विभिन्न देशमा गएर दौडिसकेकी छन् भने धेरै पदक समेत जितेकी छन् ।

    हङकङ, स्वीट्जरल्याण्ड, चीन, फ्रान्स, इटली, अस्ट्रेलिया, स्पेन लगायत देशमा गएर दौड प्रतियोगितामा भाग लिइसकेकी उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धेरै रेसको उपाधि जितिसकेकी छन् ।

    उनले सन् २०२१ मा थाइल्याण्डमा भएको ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ ११० किलोमिटर दूरी १४ घन्टा ५४ मिनेट १ सेकेण्डमा पूरा गर्दै कीर्तिमान नै बनाएकी थिइन् ।

    त्यसपछि भने उनको अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढ्न थाल्यो । त्यसपछि उनले फ्रान्समा भएको युटिएमबी सीसीसीमा दोस्रो हुँदै थप चर्चा पाइन् । त्यसयता सुनमायाले एसिया र युरोपमा विभिन्न रेसहरुमा भाग लिइसकेकी छन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    ४ दिन अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    ६ दिन अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    १ हप्ता अगाडि

    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

    १ हप्ता अगाडि

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

    १ हप्ता अगाडि

    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    ४ दिन अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    ६ दिन अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    १ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    १ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    १ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि
    मेचीनगर ईसाई समाजको साधारण सभा असार १६ मा हुने
    २ हप्ता अगाडि
    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा
    २ हप्ता अगाडि
    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.