Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    झापा इसाई समाजको आठौं बार्षिक साधारण सभा, निर्वाचन समिति पुन चयन

    २१ कार्तिक २०८१, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट७ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    – होमराज राई,

    मेचीनगर । झापा इसाई समाजले आठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधवार बिर्तामोडको पर्शुराम पार्टी प्यालेसमा धार्मिकताले राष्ट्रको उन्नति गराउँछ भन्ने मुल प्रशंगकासाथ कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पबित्रा महतारा प्रसाई र प्रमुख बक्ता रेभ एनडी थुलुङ्ग रहेको थियो ।

    कार्यक्रमका प्रमुख बक्ता थुलुङ्गले भने धार्मिकताले राष्ट्रको उन्नति गराउँछ भन्ने प्रशंगबाट बोलेका थिए । सभमा धार्मिकताले निष्कलंताले,पबित्रताले, असल ब्यवहारद्धारा राष्ट्रलाई उचाल्छ । येशूख्रीष्टमा भएको धार्मिकता, पबित्रता र भक्तिपूर्ण जीवनले नै सम्प्रर्ण राष्ट्रलाई उचाल्ने काम गर्दछ । अब आउने झपा इसाई समाजका समितिहरु ठूलो दर्शन लिएर सबै मण्डलीहरुबीच एकता कायम ल्याउनु पर्ने उनको धारणा थियो । जिल्ला भरिको नभइ राष्ट्रमा एकताको भूमिका निभाउनुपर्ने, प्रभुको अनुग्रहमा, शान्तिमा, प्रेममा रहेर स्थानीय सरकार संघ–सस्था बिभिन्न निकायहरुसंग समन्वयगरी सामाजिक कार्यमा अग्रसर हुनुपर्ने जोड दिनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पबित्रा महतारा प्रसाईले हाम्रो देश धेरै जातजाति र सम्प्रदायीहरु मिलेर बसेकाले यहाँ आफ्नै खालको मौलिकता र परमपरा भएकाले एक अर्को धर्मलाई सम्मान गर्न सक्नुपर्ने बताइन् । हामी सबैले आ–आफ्नो ठाउँबाट अभिभावकत्व निभाउनु पर्दछ र हामीले यसरी भाइचारा सम्बन्ध कायम राख्दै आ–आफ्नो धर्म संस्कार संस्कृतिलाई सबैले जोगाउँदै अगाडि बढ्न पर्दछ ।

    कार्यक्रमका अध्यक्ष पास्टर प्रेमदिप आले मगरले समाजले गरेका २०७३/०७४ र २०८०/०८१ सम्मको लामो कार्यप्रतिबेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा चंगाइ तथा छुटकारा,इस्टर र्याली,राहत बितरण,बिशूल्क मेडिकल क्याम्प,तालिमहरु, बन्दी गृह चर्चलाई सहयोग, बृहत ख्रीष्टमस र्याली, २५ औं बार्षिक उत्सव आदि प्रतिवेदनमा उल्लेख प्रस्तुत गरेका थिए भने २०८१र ०८२ का लागि समेत पूर्व निर्देशिका योजनाहरु प्रस्तुत गरेका थिए ।
    त्यस्तै समितिका कोषाध्यक्ष एल्डर सन्तोष राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    सभालेमा पून निर्वाचन समिति चयनगरि कार्यकारी समिति बिघटन गरेको छ । अध्यक्ष आले मगरले अघिल्लो निबाचन समितिका संयोजक रेभ गोपाल खनालले राजिनामा दिएपछि पून अर्को निर्वाचन समिति संयोजक पास्टर राजकुमार राई, सदस्यहरुमा रेभ एनोस गजमेर र पास्टर जगनाथ पौडेल चयनगरेसंगै कसैको केही बिरोध भए भन्ने पाउने अनुमति दिएपछि सभा तात्तिएका थिए ।

    पास्टर मचिन्द्र तावाले हामी यस झापा जिल्ला समितिभित्र हौ या नहौं, हामी मण्डलीहरुले पनि हरेक कार्यक्रममा सहभागी गर्नुका साथै आर्थिक सहयोग समेत गर्दै आइरहेका छौं । हामीले चुनावमा भोट हाल्ने कुरामा हाम्रो अधिकार हनन् हुनु भएन भनि गुनासो राखेका थिए ।

    त्यसैगरी अर्जुधारा नगर इसाई समाजका अध्यक्ष पास्टर पुष्प घलेले गत गठन भएको निर्वाचन समितिमा रहेका २ जना पुन यस निर्वाचन समितिमा चयन भएपछि बिरोध उत्पन्न हुनगयो । उनको भनाइ अनुसार पहिलेका निर्वान समितिका संयोजकले उम्मेदवारको नामावलीमा अयोग्य ठहरपश्चात बिवाद उत्पन्न भएलगतै संयोजकले राजिनामा दिइसकेपछि अब यस निर्वाचन समितिमा बस्न नहुने भन्दै बिरोध जनाएका थिए ।

    झापा जिल्लाका पूर्व अध्यक्ष एल्डर रमेश गुरुङले झापालाई ख्रीष्टमा जित्नु छ भने हामी एक आपसमा मिलेर किन अगाढि बढ्न सक्दैनौं ? के यहाँ राजनीति गर्न आएका हौं । राजनीति नै गर्नु हुन्छ भने सेवकाई छोडेर राजनीति गर्नु होस् । तपाई मण्डली चलाउने गुरुवाहरु हुनुहुन्छ ? प्रेम र एकताका कुरा सिकाउनु हुने आज किन मिलेर झापालाई अगाडि बढ्न नदिने भन्दै आक्रोश पोखेपछि सभाका अध्यक्षले नव निर्वाचन समितिलाई सम्र्पूण अधिकार दिइसकेपछि झापा इसाई समाजका समिति बिघटन भएको घोषणा गरि संयोजक पास्टर राजकुमार राईलाई हस्तान्तरण गरे ।

    निर्वाचन समितिका संयोजक राईले भने अब यस निर्वाचन समितिले जिरोबाट काम सुरु गर्नेछ । उनले भने सबै प्रकृया बिधिगतरुपमा झापामा रहेका सम्र्पूण इलाकाहरु,अग्रज ब्यतित्वहरु बैठक बसी समाजलाई सफल नेतृत्व गर्न सक्ने सक्षम ब्यक्ति चुनौं म अनुरोध गर्दछु । हामी बिधानमा टेकेर अगाडि बढाउँछौं । तपाईहरुको पक्षमा कसैलाई आघात नपुर्याइकन झापा जिल्लाका समिति बनाएर तपाईहरुलाई सबैकुरा सुम्पिदिन्छौ ।

    कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पबित्रा महतारा प्रसाई, प्रमुख बक्ता रेभ.एनडी थुलुङ, बिशिष्ठ अतिथि बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष किशोर कुमार पौडेल, पूर्व अध्यक्ष पा तारा कुमार तामाङ, रेभ एनोस गजमेर, ए रमेश गुरुङ, अतिथि पा. राजकुमार राईलगायत बिभिन्न इलाकाहरुका अध्यक्ष तथा पास्टरहरुको उपस्थितिमा भएको आठौं साधारण सभाका सञ्चालन सचिब पास्टर राजु चाम्लिङले गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    २ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    २ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.