Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै (तस्बिरहरू)

    सन्देश पोस्टBy सन्देश पोस्ट८ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।

    विभिन्न नदी तथा तलाउको किनारमा पुगेर छठको व्रत लिनेहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अहिले पनि नदी तथा तलाउका किनारमा व्रतालुहरु बसिरहेका छन् । उनीहरु रातभर जाग्राम बस्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ ।

    झापाको बिर्तामोडमा नेपाल मेधेशी सेवा समाजको आयोजनामा बिर्तामोड–३, बिर्ताबजार अदुवा खोलामा छठ पुजा तथा साँगीतिक समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री एकराज कार्कीले हामी बहुजाति बहु धार्मिक र बहु सांस्कृतिक नेपालमा रहेकाले आ–आफ्नो धर्म संस्कृतिलाई जगेर्ना गर्दै मानिरहेका छौं ।

    नेपालको बिभिन्न ठाँउहरुमा छैठ माताको अस्ताउँदो सूर्यलाई आराधना गर्ने र भोलि उदाउँदो समयमा समापन गर्ने पुजा आराधना गरिरहेका छन् । यो बर्त कठिन छ चार दिनदेखि बर्त बस्नु हुन्छ र भोलि अस्ताउदो सूर्यलाई पुजा गरेर बर्त फुकाउँनु हुन्छ ।यहाँहरुले आदर र भक्तिका साथ यो आराधना पुजा गर्नुहुने सम्पूर्ण महानुभावलाई सहर्श सम्मान गर्दै आउँदो दिनहरुमा पनि भब्य र सभ्यतरिका अगाडि बढ्न उत्साह दिँदछु मनत्रीले भने ।

    झापाकाे मेची खाेला, धुलाबारीकाे निन्दा खाेला, कनकाईकाे विरिङ खाेला, भद्रपुरकाे मेची खाेला लगायतमा छठ पर्व धुमधामसँग मनाइने गरिएकाे छ ।

    बिर्तामोडको अदुवा खोलामा

    मेचीनगर-१० स्थित निन्दा खाेलामा अहिले साँझ

    झापाकाे मेची खाेला

    विशेषगरी नेपालको तराई क्षेत्रका मधेसी समुदायले मनाउने छठ पर्व अचेल पहाडियाहरूले पनि भब्य रुपमा मनाउन थालेका छन् ।

    ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

    यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

    तस्विर– बिजय राई

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    १३ घण्टा अगाडि

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    २ दिन अगाडि

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ४ दिन अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    ४ दिन अगाडि

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    ६ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    १३ घण्टा अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    २ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ४ दिन अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ४ दिन अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    ६ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    ६ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    १ हप्ता अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    २ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    २ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.