झापा, बिर्तामोड ।
झापाको बिर्तामोडमा ईसाई मण्डलीहरूले आयोजना गरेको फुटसल टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा न्युलाईफ फेलोसिप समूह विजेता बनेको छ भने गड भिजन समूह उपविजेता रह्यो। त्यस्तै, N.E.M समूह ले तेस्रो (सान्त्वना) स्थान हासिल गर्न सफल भयो।

प्रतियोगिताको पुरस्कार राशी यस प्रकार रहेको थियो:
पहिलो स्थान: रु. 40,000
दोस्रो स्थान: रु. 20,000
तेस्रो स्थान: रु. 10,000

कार्यक्रमको आयोजना सालोम इभेन्ट नेपाल ले गरेको थियो भने संयुक्त नागरिक पार्टी मुख्य प्रायोजक रहेको थियो। साथै, विभिन्न मण्डली र संस्थाहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

