Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ

    ८ मंसिर २०८१, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट११ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । विभिन्न काण्ड तथा घटनामा पटकपटक विवादमा आइरहने झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ परेका छन् । घिमिरेमाथि शारिरिक रुपमा अशक्त रोङ–६ इलामका एक व्यक्तिलाई निर्घात कुटेको आरोप छ ।

    प्रहरीले घिमिरेसहित ५ जनामाथि अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यलय इलामबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

    रोङ–६ सलकपुर इलाम स्थायी घर भएका घिमिरे र सोही ठाउँका देवेन्द्र खड्कालाई इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट खटिएको टोलीले शुक्रबार साझँ झापाको बिर्तामोडबाट पक्राउ गरेको हो ।

    अन्य तीन आरोपितहरु सोही ठाउँका भुवन गहतराज, मणी तामाङ र डिल्लीराम सापकोटालाई भने यसअघि नै पक्राउ परिसकेको इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक छे फिन्जो भोटेले जानकारी दिनुभयो ।

    घटना विवरण अनुसार गत कार्तिक १६ गते ११ बजे रोङ–६ सलकपुर इलामका किरण भन्ने वीरबहादुर वाइवाको घरमा घिमिरेसहित ५ जनाको टोली देउसी खेल्ने बहानामा पुगेका थिए । दुर्घटनामा परेर अशक्त भएका वाइवालाई घरभित्र सुतिरहेको अवस्थामा भित्रै प्रवेश गरि उठाएर बाहिर निकालेका थिए ।

    बाहिर निकालेर अध्याँरो कुनामा लगेर सामुहिक रुपमा मरणासन्न हुनेगरि कुटेर भागेका थिए । कुटपिटबाट वाइवाको आँखा, टाउको र खुट्टामा गहिरो चोट लागेको छ । बिर्तामोडस्थित बिएण्सी अस्पतालमा ९ दिनको उपचारपछि वाइवा घर फर्किसकेका छन् ।

    प्रहरीले घटना भएकै दिन गत कार्तिक १६ गते डिल्लीराम सापकोटालाई पक्राउ गरेको थियो । त्यसको भोलीपल्ट भुवन गहतराज, मणी तामाङ पक्राउ परेका थिए । घटनापछि घिमिरे र खड्का भने फरार थिए । उनीहरुलाई शुक्रबार बिर्तामोड–५ धिमालचोकस्थित घिमिरेको प्रेमीकाको डेरामा बसेको अवस्थामा प्रहरी प्रक्राउ गर्न पुगेको थियो ।

    घिमिरेको प्रेमी प्रहरीलाई भित्र पस्न अवरोध गर्दै ढोकामा ताला लगाएर निस्किएकी थिइन् । प्रहरीले स्थानीय जनप्रतिनिधीको रोहवरमा ताला फुटाएर घिमिरे र खड्कालाई प्रक्राउ गरेको थियो ।

    घिमिरे यसअघि पनि मानिस अपहरण तथा शरिर बन्दक मुद्धामा प्रक्राउ परि अदालतको आदेशमा छुटेका थिए । त्यो भन्दा पहिलो मेचीनगरस्थित जोरसिमलको शसस्त्र प्रहरीको चेकपोष्टमा रकम असुली गर्ने प्रहरीको भिडियो खिचेर बार्गेलिङ्ग गरैको आरोपमा पक्राउ परि जिल्ला प्रशासन कार्यलय झापाले धरौटीमा छोडेको थियो ।

    हाल सामाजिक संजाल फेसबुकमा रातिराति जनप्रतिनिधी, पत्रकार, व्यवसायी र सरकारी कर्मचारीको चरित्रहत्या गर्ने गरि स्टाटस पोष्ट गर्ने गरेका छन् ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ को उपदफा २ मा अभद्र व्यवहार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गराउन सक्ने कानुनी व्यवस्था छ ।

    कानुनतः एक वर्षसम्म कैद सजाय हुने मुद्दाको किनारा प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछन् । यद्यपि अभद्र व्यवहारका अधिकांश मुद्दामा आरोपीलाई माफी मगाएर छाडिने गरिएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    ६ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    ६ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ५ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    ६ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ६ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ५ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    २ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.