Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    झापामा निर्मित पृथ्वीनारायण शाहको सालिक पूर्वराजा ज्ञानेन्द्रले गरे अनावरण

    ९ मंसिर २०८०, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा  । पूर्ब राजा ज्ञानेन्द्र शाहले बिर्तामोड १ स्थित इकम कलेजले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । कलेज परिसरमा तयार पारिएको शाहको सालिक आज दिउँसो पूर्बराज ज्ञानेन्द्रले अनावरण गरेका हुन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयोजनमा भएको कार्यक्रमकाबीच सालिक अनावरण गरिएको हो । सो समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत सहभाागी बने । कलेज परिसरमा तयार पारिएको शालिक अनावरण कार्यक्रमका लागि पूर्व राजा शाह शुक्रवार बेलुका झापा आएका थिए । उनी मेचीनगरस्थित फाइभस्टार होटल मेची क्रमउनमा बसेका थिए ।

    आज दिउँसो १ बजे होटल परिसरबाट निस्किएर उनी सोझैं बिर्तामोड १ स्थित इकम कलेज आएका थिए । हजारौं समर्थकका बीच कलेज परिसर आएका पूर्व राजा ज्ञानेन्द्रको समर्थनमा ‘राजा आउँ देश बचाउ’, ‘गणतन्त्र चाँहिदैन’ गणतन्त्र मूर्दावाद, ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्किएको थियो ।

    बिर्तामोड पश्चिम भाटभटेनी परिसरबाट झण्डै एक किलोमिटर पश्चिम उत्तरमा रहेको कलेज परिसरसम्म नै पूर्व राजा हिँडेर सर्बसाधारणसंग भेट गर्दै गएका थिए । सो बखत हजारौ समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई पुष्पगुच्छा प्रदान गरेका थिए ।
    राप्रपाका केन्द्रीय अध्यक्ष लिङ्देन सहित प्रदेश र जिल्ला अध्यक्ष सहितका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीले सुरक्षा घेरामा राखेर पूर्व राजा ज्ञानेन्द्रलाई कार्यक्रम स्थल पु¥याएका थिए ।

    कलेज परिसर पुगेलगत्तै पृथ्वीनारायण शाहको शालिक अनावरण पछि दुई तल्ला माथि तयार पारिएको आसनमा उनलाई बसाइएको थियो । छेउमा राप्रपाका अध्यक्ष लिङ्देन र अर्काे छेउमा कलेजका संस्थापक आलोक कार्की बसेका थिए ।

    कार्यक्रममा सहभागी बन्न गाउँगाउँबाट हजारौंको संख्यामा सर्वसाधारण आएका थिए । यता पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईँका पक्षमा नाराबाजी भएको छ । पूर्व राजाले झापास्थित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईँका पक्षमा पनि नाराबाजी भएको हो ।

    स्थानीयले ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाईँ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् । पूर्वपश्चिम राजमार्गमा दुर्गाको पक्षमा पनि नारा घन्किएपछि राप्रपा अध्यक्ष लिङ्देनले उनीहरुलाई चुप लाग्न आग्रह गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

    ८ घण्टा अगाडि

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    १ दिन अगाडि

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    २ दिन अगाडि

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    ३ दिन अगाडि

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ५ दिन अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    ५ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    ८ घण्टा अगाडि
    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    १ दिन अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    २ दिन अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    ३ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ५ दिन अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ५ दिन अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १ हप्ता अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    १ हप्ता अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    १ हप्ता अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.