Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    सन्देश पोस्टBy सन्देश पोस्ट२ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    धुलाबारी, ९ मङ्सिर ।
    लैङ्गिक हिंसाविरुद्धको ३४औँ ‘१६ दिने अभियान’ आजदेखि देशभर शुरु भएको छ । मेचीनगर नगरपालिका–११ धुलाबारीमा यस अभियानको सुरुआत प्रभातफेरिद्वारा गरिएको हो ।

    “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नारासहित धुलाबारी चोकबाट दक्षिणतर्फ खयरडाँगी हुँदै गरिएको प्रभातफेरिमा नगरप्रमुख गोपालचन्द बुढाथोकी, उपप्रमुख मिना उप्रेती, कार्यकारी प्रमुख अग्निप्रसाद अधिकारी, पुरुष सञ्जालका अध्यक्ष मोहन काजी लगायत जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्था तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    सहभागीहरूले “हिंसा–मुक्त घर, सुरक्षित समाज”, “लैङ्गिक हिंसाविरुद्ध बोल्नु नागरिकको कर्तव्य”, “मनौं तड्कौं, हरेक हिंसाको विरुद्ध खड्कौं” जस्ता संदेशसहितका प्लेकार्ड लिएर र्यालीमा सहभागिता जनाएका थिए।

    र्यालीपछि आयोजित कोणसभामा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, पुरुष सञ्जालका अध्यक्ष काजी र समाजसेवी रमेश गुरुङलगायत वक्ताहरूले लैङ्गिक समानता र हिंसामुक्त समाजको निर्माण अबको अनिवार्य आवश्यकता भएको उल्लेख गरे।
    कोणसभा महिला विकास अधिकृत जयन्ती खरेलले सञ्चालन गरेकी थिइन्।

    अभियानभर हुने विशेष कार्यक्रमहरू

    १६ दिने अभियान अन्तर्गत मेचीनगरले विविध कार्यक्रम सार्वजनिक गरेको छ—

    • मंसिर १० : कक्षा १२ का विद्यार्थीका लागि साइबर क्राइमसम्बन्धी प्रशिक्षण
    • मंसिर १४ : मुस्लिम तथा दनुवार समुदायका महिलालाई लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण
    • मंसिर १५ : कलेज विद्यार्थीलाई लैङ्गिक हिंसा तथा एड्सबारे सचेतना कार्यक्रम
    • मंसिर १७ : विश्व अपाङ्गता दिवसको अवसरमा १५ वडाका मिलीजुली समूहबीच खेलकुद प्रतिस्पर्धा
    • मंसिर १९ : सामुदायिक विद्यालयका कक्षा ९–१० का विद्यार्थीबीच युवा पुस्ता विषयक वक्तृत्वकला प्रतियोगिता
    • मंसिर २२ : मर्यादित महिनावारी दिवसका दिन वैदेशिक रोजगारीबाट फर्किएका महिलासँग अन्तरक्रिया
    • साथै १० वटा सामुदायिक विद्यालयमा विद्यार्थी तथा शिक्षकसँग छलफल कार्यक्रम संचालन हुने शाखाले जनाएको छ।
    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    १४ घण्टा अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ३ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ४ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ४ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    ७ दिन अगाडि

    रेशम चौधरीको उम्मेदवारी रद्द

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    १४ घण्टा अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ३ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ४ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ४ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    ७ दिन अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    १ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    १ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि
    कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.