Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    एमाले बाहेक अरूले देश बनाउन सक्दैन : केपी ओली

    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत भएन भने जनताको अपेक्षा पूरा गर्न नसकिने बताउनुभएको छ । नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्राको क्रममा बुधबार गुल्मीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारमा एमाले रहेन भने दुई वर्षमा नै देश कङ्गाल हुने रहेछ भन्ने कुरा पुष्टि भएको बताउनुभयो । देश बनाउन एमाले नै चाहिने ओलीले प्रष्ट पार्नुभयो । ‘नेकपा एमालेले बाहेक अरूले यो देश बनाउन सक्दैन, एमालेको एकल बहुमत बिना यो सपना साकार हुनेवाला छैन’, ओलीले भन्नुभयो ।

    मिसन २०८४ एमालेको लागि मात्र नभएर देशको विकासका लागि, राष्ट्रियताको लागि, समृद्धि र सुशासनको लागि भएको ओलीले बताउनुभयो । त्यसैले मिसन २०८४ मा लाग्न ओलीले सबै जनसंगठनलाई निर्देशन दिनुभयो । एमाले प्रति जनताको ठुलो विश्वास र भरोसा भएको बताउँदै ओलीले त्यो भरोसालाई मर्न दिनु नहुने बताउनुभयो । एमाले प्रतिको नागरिकको भरोसा पूरा गर्न एमालेको एक बहुमतको सरकार आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । एमालेले सुरु गरेको समृद्धिको लागि संकल्प यात्रालाई नागरिकले आत्मीयताका साथ सम्मान व्यक्त गर्नुभएको ओलीले बताउनुभयो । नागरिकको सहयोग, सम्मान र माया प्रति पार्टीको तर्फबाट ओलीले आभार व्यक्त गर्नुभयो ।

    देशका कुन कुन ठाउँमा कस्ता समस्या छन्, जनताले कस्तो समस्या भोगिरहेका छन्, भूकम्प पीडितको अवस्था कस्तो छ, एमालेका स्वयंसेवकले कसरी काम गरेका छन् भन्ने कुरा हेर्न पनि यात्रा आयोजना गरिएको उहाँले बताउनुभयो । एमालेको स्वयंसेवकले ज्यानको बाजी लगाएर काम गरेको भन्दै ओलीले धन्यवाद दिनुभयो ।
    सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा काम नभएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो । नागरिकलाई छिटो आवासको व्यवस्था गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

    नेकपा एमालेका समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय गन्तव्य बनाएको नेकपा एमाले सिङ्गो नेपाललाई समृद्ध बनाउने अभियानमा लागेको ओलीले बताउनुभयो । कसैले पनि अधिकार र अवसरबाट वञ्चित हुनु नहुनेमा ओलीले जोड दिनुभयो । ‘यही हो समृद्ध नेपाल, सुखी नेपाली भनेको, त्यसका लागि नेकपा एमाले अघि बढिरहेको छ’, उहाँले भन्नुभयो ।

    कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू लगायतका पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य सहितका नेताहरू लगायतको सहभागिता रहेको अभियानमा प्रेस चौतारी नेपालको नेतृत्व गरिरहनुभएका प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जानकारी दिनुभयो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १९ घण्टा अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    ३ दिन अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    ४ दिन अगाडि

    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

    ५ दिन अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १९ घण्टा अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ दिन अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    ३ दिन अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    ४ दिन अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    ५ दिन अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    १ हप्ता अगाडि
    चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार
    २ हप्ता अगाडि
    पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले गरे प्रदर्शन 
    १ महिना अगाडि
    तीनकुने घटनामा पक्राउ पर्नेकाे संख्या १११ जना पुग्यो
    १ महिना अगाडि
    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.