Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    लैंगिक हिंसाका शीकार भइरहेका छन् भित्रभित्रै पुरुष : उपप्रमुख उप्रेती

    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    नयाँ तृष्णा समाचारदाता,

    मेचीनगर । महिलामात्र होइन भित्रभित्रै धेरै पुरुषहरु लैंगिक हिंसाको शीकार बनिरहेका छन् । आज लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियानको समापनको एक कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख मीना उप्रेतीले सम्बोधन गर्दै भन्नुभयो धेरै पुरुषहरु भित्रभित्रै मौनतामा आफ्नै श्रीमतीबाट हिंसाको शीकार भइरहेको छ ।

    लैंगिक हिंसा बिरुद्धको यो १६ दिने अभियान कार्यक्रमलाई समापन गर्दैगर्दा हामीले बुझ्नपर्ने कुरा महिलामात्र नभएर पुरुष साथै तेस्रो लिङ्गीहरुसमेत हिंसाको पीडा भोगिरहेको छ । उपप्रमुख उप्रेतीले भन्नुभयो,–“बिगतका समयमा महिलाहरुले आफूमा भएको हिंसा उजागर गर्नु हुन्नथ्यो । मैले मेरै छोरी रेपकेसमै परेको छभने पनि म त्यसलाई बाहिर ल्याउदिन । मलाई मेरो छोरीको इज्जतको डरमात्र होइन,मेरो आफ्नो इज्जत र समाजको इज्जतको डर हुन्थ्यो र सबै कुरा उसको जीवनसंग जोडिन्थ्यो ।

    तर अहिले त्यस्तो अवस्था छैन, यदि भइहाल्यो भने कानूनी उपचार गर्ने थुप्रै कटघराहरु छन् । पीडितलाई न्याय दिलाउन वा सजायको भागीदार गराउन बिभिन्न निकाय र संघ–संस्थाहरु लागिपरेका छन् ।

    अहिलेको समयमा राज्य, मानव अधिकार, सरोकारवाला र थुप्रै संघ–संस्थाहरु यस बिषयमा लागिपरेकाले हिंसाका कार्यहरु उजागर भएको मलाई लाग्छ । तर बिगतका घटनाहरु पुरुषका जस्तै महिलाको घटना समाजमा आउदैनथ्यो । त्यस्तै आज पुरुषहरुको हिंसात्मक घटना धेरै छन् तर समाजमा आएको देखिदैन र पनि भित्रभित्रै हिंसाका पीडाहरु दबाएर आर्थिक, शारीरिक, मानसिक शीकार भइरहेको पाइन्छ ।

    उपप्रमुख मीना उप्रेतीले भन्नुभयो,–“मलाई लाग्छ मैले पनि आफ्नो श्रीमानलाई पीडित बनाएको छु ।” आफू सार्बजजिक मान्छे भएकाले बिहानदेखि बेलुकासम्म बाहिरै हुन्छु घरको कुनै कामधन्दा गर्न, आफ्नो श्रीमानलाई सहयोग गर्न समयदिन समेत नभ्याएकाले पीडित बनाएको बताउनुहुन्छ ।

    आज धेरै पुरुषहरु पनि घरबाट बाहिरिन पर्ने अवस्था देखिएको छ । त्यसको ज्वलन्त उदाहरण आफ्नै मेचीनगर नगरपालिकाको न्यायीक समिति पनि हो । हामीले न्यायीक समितिबाट पुरुषहरुलाई मानो चामल भरिदिएका छौं । महिलाहरुले आफ्नो श्रीमानलाई खान लाउन नदिएर, औषधि उपचार नगराएर,सम्पूर्ण सम्पती वा घरजग्गा आफ्नो हातमा कब्जा गरेर,माइतीको सम्पतीको तुजुकमा लैंगिक हिंसाको शीकार बनाएको घटनाहरु बिस्तारै बाहिरन थालेको पाइन्छ ।

    लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियानको समापनको एक कार्यक्रम इलाका प्रहरी कार्यालय काँकरभिट्टा र नेपाली गृह काठमाडौंको आयोजनामा साथै मेचीनगर नगरपालिका, मेची सामुदायिक सेवा केन्द्र, माइती नेपाल, साहसी महिला नेपाल, विश्व सेवा बिस्तार संस्था,आफन्त नेपाल र सानो हातहरु नेपालको सहकार्यमा भएको कार्यक्रमको भएको थियो ।

    कार्यक्रम अध्यक्षता प्रहरी निरिक्षक अर्जुनकुमार पोखरेलले गर्नुभएको थियो भने प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले गर्नुभएकी थिइन् ।

    त्यसैगरी बिशिष्ठ अतिथिमा वडाध्यक्ष ललित बहादुर तामाङ, माइती नेपालका प्रदेश संयोजक गोबिन्द घिमिरे, नेपली गृहका कोषाध्यक्ष एलिजा रन्चाल मगर, शसस्त्र प्रहरी बल,बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरु र बिद्याथीहरुको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन गणेशमान राईले गर्नुभएको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

    १२ घण्टा अगाडि

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    १ दिन अगाडि

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    ३ दिन अगाडि

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    ४ दिन अगाडि

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ६ दिन अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    ६ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    १२ घण्टा अगाडि
    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    १ दिन अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    ३ दिन अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    ४ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ६ दिन अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ६ दिन अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १ हप्ता अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    १ हप्ता अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    १ हप्ता अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.