Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    ‘झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक

    २७ मंसिर २०८१, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट७ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । मंसिर २९ गतेदेखि डोमालाल रंगशालामा हुन लागेको ‘झापा कप–२०८१’ को खेल तालिका बिहीबार सार्वजनिक गरिएको छ । झापा–११ फुटबल क्लबले अन्तर्राष्ट्रिय नकआउट फुटबल टुनामेन्ट अन्तरगत `झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक गरेको हो ।

    प्रतियोगिताका संयोजक केशवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्डकप अध्यक्ष अध्यक्ष बिनोद बस्नेत, झापा कप २०८१ का सल्लाहकार सन्तोष थोप्रा, खेलकूद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखियाले एकैसाथ प्रतियोगिताका लागि सहभागी फुटबल टिम र खेल तालिका सार्वजनिक गरेका थिए ।IMG_20241212_203939

    यसैगरी दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियनसमेत रहेको चित्लाङ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब सहभागी हुने भएका छन् । मंसिर २९ गते सुरु हुने प्रतियोगिताको फाइनल पुस–८ गते हुने जनाएको छ ।

    प्रतियोगिता अवधिभर १० हजार जना दर्शक अटाउने क्षमताको बेम्बो प्याराफिट निर्माण, खेल मैदान मर्मत लगायतको काम सम्पन्न भएको आयोजकका संयोजक दाहालले जानकारी दिए । 

    तालिका अनुसार प्रतियोगितामा आयोजक झापा-११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौंको एनआरटी फुटबल क्लब, चर्च व्वाईज युनाइटेड, ईटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् ।

    प्रतियोगिताको बिजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ भने उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिने समेत आयोजक समितिका संयोजक दाहालले जानकारी दिए । 

    प्रत्येक खेलको प्लेयर अब द म्याचले १० हजार नगद तथा प्रतियोगिताको अवधिमा सर्वाधिक गोलकर्ता एकजना तथा उत्कृष्ट गोल किपर एकजनालाई खेलाडीलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ । 

    यसैगरी प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ठ एकजना खेलाडीलाई मष्ट भ्यालुएबल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने झापा–११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।  

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

    २ दिन अगाडि

    राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनु गम्भीर : ओली

    २ दिन अगाडि

    महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

    ३ दिन अगाडि

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

    ६ दिन अगाडि

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण

    १ हप्ता अगाडि

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता
    २ दिन अगाडि
    राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनु गम्भीर : ओली
    २ दिन अगाडि
    महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी
    ३ दिन अगाडि
    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने
    ६ दिन अगाडि
    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण
    १ हप्ता अगाडि
    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    १ हप्ता अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    २ हप्ता अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    २ हप्ता अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    २ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.