Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कृपा फ्री मेथोडिस्ट चर्च काँकरभिट्टाद्वारा भव्य ख्रीष्टमस कार्यक्रम सम्पन्न

    ख्रीष्टमसको अवसरमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई प्रेमको उपहार वितरण
    सन्देश पोस्टBy सन्देश पोस्ट४ हप्ता अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १० पुष २०८२, बिहीबार,

    मेचीनगर । येशू ख्रीष्टको जन्मोत्सव तथा ख्रीष्टमसको अवसरमा कृपा फ्री मेथोडिस्ट चर्च, काँकरभिट्टाले भव्य तथा सभ्य रूपमा ख्रीष्टमस कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रमका प्रमुख वक्ता रेभ. शमूएल तामाङले मानवजातिको पापबाट उद्धार, प्रेम र भलाइका लागि येशू ख्रीष्ट पृथ्वीमा आउनुभएको बताउनुभयो। उहाँले ख्रीष्टमस भनेको येशूले सिकाउनुभएको असल शिक्षालाई व्यवहारमा उतार्नका लागि मनाइने पर्व भएको उल्लेख गर्दै आफूलाई जस्तै छिमेकीलाई प्रेम गर्नुपर्ने सन्देश दिनुभयो।

    कार्यक्रमको पहिलो सत्र आराधना संगति डिकन होमराज राईले सञ्चालन गर्नुभएको थियो भने ख्रीष्टमस विशेष कार्यक्रमको अगुवा हेमकुमार मगरले गर्नुभएको थियो। सो अवसरमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई सम्मान तथा उपहार वितरण गरिएको थियो।

    ज्येष्ठ नागरिक सम्मान तथा उपहार वितरण डिकन डिबी रानाले गर्नुभएको थियो। एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई गुरुआमा लिली तामाङ र अगुवा दिलु मुखियाको अगुवाइमा सम्मान तथा उपहार प्रदान गरिएको थियो। बालबालिकालाई बाल शिक्षिका तृषा गुरुङले उपहार वितरण कार्यक्रम गर्नुभएको थियो।

    ख्रीष्टमस विशेष कार्यक्रममा युवा समूहबाट आशिषमय भजन, बाल संगतिका नानीहरूबाट नृत्य, आमा–दिदीबहिनी संगतिबाट ख्रीष्टमस गीत, बालबालिकाबाट इसारा भजन तथा युवा र बाल समूहबाट विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।

    कार्यक्रमले समुदायमा आपसी प्रेम, सद्भाव र सामाजिक उत्तरदायित्वको सन्देश फैलाएको सहभागीहरूको भनाइ थियो।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

    ५ घण्टा अगाडि

    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

    १ दिन अगाडि

    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै

    २ दिन अगाडि

    कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न

    ३ दिन अगाडि

    मेयर बालेनले माघ ४ गते राजीनामा दिने: बालेनको राजीनामासँगै कामपा सहरी योजना आयोगका सबै पद रिक्त हुने

    ५ दिन अगाडि

    माघे संक्रान्ति : प्रकृति, परम्परा र पहिचानको पर्व

    ६ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    ५ घण्टा अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    १ दिन अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ दिन अगाडि
    कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न
    ३ दिन अगाडि
    मेयर बालेनले माघ ४ गते राजीनामा दिने: बालेनको राजीनामासँगै कामपा सहरी योजना आयोगका सबै पद रिक्त हुने
    ५ दिन अगाडि
    माघे संक्रान्ति : प्रकृति, परम्परा र पहिचानको पर्व
    ६ दिन अगाडि
    भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा
    १ हप्ता अगाडि
    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्
    १ हप्ता अगाडि
    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक
    ३ हप्ता अगाडि
    नागरिकता नियमावली चौथो पटक संशोधन
    ४ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.