मेचीनगर । काँकरभिट्टा नाकामा कार्यरत नव अभियान नेपालले भारतको विभिन्न स्थानबाट ९ महिनादेखि अभिभावकसँग सम्पर्कविहीन रहेका भारतबाट २ जना बालकको उद्धार गरेको छ।
बाणगङगा नगरपालिका ६ कपिलबस्तु घर भएका बर्ष १५ का सोहन थारुलाई भारतको कलकता र धनुषाको मिथिला नगरपालिका ४ बस्ने बर्ष १५ का अजित बहादुर घिसिङ्गलाई बंगालको जल्पाइगुडी स्थित फेला पारेका थिए ।
उनीहरुलाई भारतमा भेटेपछि राजदूताबास र नव अभियान नेपाल शाखा काँकरभिट्टाको पहलमा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहजीकरणमा उद्धार गरी शुक्रबार नेपाल ल्याएर अभिभावकलाई पुनर्मिलन गराउन सफल भएको नव अभियानका क्षेत्रिय संयोजक इन्द्रबहादुर बस्नेतले खबरपोस्ट अनलाइनलाई जानकारी दिएका थिए ।
अभिभावकको अनुसार ९ महिनादेखि बेपत्ता भएर खोजतलास गरिरहेको यौं, तर उनीहरु कसरी भारत पुग्यो भन्ने कुरामा अचम्म लागेको बताउँछन् ।

