Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्रिय कार्य–समितिले गरे शुभकामना कार्यक्रम

    १९ कार्तिक २०८१, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट७ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १९ कार्तिक,

    झापा । नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्र न ३ का कार्य–समितिले शुभकामना कार्यक्रम गरेको छ । सोमबार भद्रपुर ४ स्थीत नेपाल ख्रीष्टियन चर्च भवनमा सम्पन्न भएके शुभकामना कार्यक्रममा कोशी प्रदेश राज्य तथा भौतिक पुर्वधारमन्त्री भूमी प्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा भएको थियो।

    मन्त्री भूमी प्रशाद राजवंशी ,पुर्वधार बिकास ,राज्यमन्त्रीले भन्नुभयो धर्मले सहि बाटोमा हिड्न सिकाउने काम गर्छ। धर्मले मान्छेलाई असल बनाउने काम गर्छ ।धर्मले सत्मार्गमा हिड्ने दिशा देखाउँछ। ख्रीष्टियन धर्म नयाँ धर्म होइन धेरै पुरानो हो । हामीलाई स्कूलमा इतिहासको किताबबाट पढाइन्थ्यो । राजवंशी मन्त्रीले धन्यवाद र शुभकामना सम्बोधन गर्दै भन्नुभयो एउटा महत्वपूर्ण कुरा यहाँ मैले देखिराखेको छु । यहाँ हाम्रा सन्थाल समुदायका साथीहरु हुनुहुन्थ्यो । सन्थाल समुदायका साथिहरु धेरै लोभ भैसकेको एउटै कारण हो उहाँहरु जाँडरक्सीमा लिप्त हुनुहुन्थ्यो। त्यतिखेर माछा मार्ने खाने ,जाँडरक्सी खाने ती सन्थाल समुदायकाहरुलाई सहि मार्गमा ल्यानुभएको छ त्यसको लागि म ख्रीष्टियन साथिहरुलाई चाहिँ मेरो ह्र्दयबाटनै धन्यवाद दिन्छु। हाम्रो लक्षय भनेको के हो मान्छे बनाउने हो । संघका साथै सबै ख्रीष्टियन समुदायका साथीहरुप्रती अझै यस्ता कामहरुमा अघि बढ्दै जानुहोस भन्ने शुभकामना राख्न चाहन्छु ।

    उक्त कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष हरिकुमार थापाले सम्बोधन गर्दै शुभकामनाको मनतव्यक्रममा भन्नुभयो यो नेपाल राष्ट्रले तपाई र मेरो लागि जुन एउटा राष्ट्रिय गीतमा आफ्नो उद्वेश्यलाई प्रस्तुत गरेको छ, यो गीतलाई आ–आफ्नो ठाउँबाट प्रतिपालन गर्ने हो भने यो गीतले भनेको भन्दा अझै अति उत्तम र सुन्दर बन्नसक्छौ हामीहरु यो देशमा। हामी यो देशमा बसेका छौ र हामी यो देशको नागरिक हौँ भन्ने कुराहरु हामी आफैलाई थाहा छ। तर जब सरकार पक्षबाट हेर्ने कुराहरु जब हुन्छ लेख्ने एउटा कुराहरू ,बोल्ने एउटा कुरा र गर्ने एउटा कुराहरु हुन्छ । यसकारणले गर्दा यस ठाउँमा रहदैगर्दाखेरी तपार्इ र मैले बुझ्नुपर्ने कुराहरु र बुझाउनुपर्ने कुराहरु अति महत्वपूर्ण हुन्छ। किन भन्दै गर्दाखेरि यदि हामीले बुझ्न र बुझाउन सकेनौंभने तपाईं र मैले देखेको र नेपालको यो राष्ट्रिय गानले बताएको कुराहरूमा हामी पुग्नै नसक्ने रहेछौ। किनभने हामी हरेक सभामा राष्ट्रियगानमा सरिक त हुन्छौं तर सरिक मात्रै हुँदारहेछौ, त्यो कुरामा शीर मात्रै झुकाउँदा रहेछौ र गर्नपर्ने कर्तव्यलाई हामी बिर्सिहाल्दा रहेछौ ।

    कार्यक्रममा नेपाली ख्रीष्टियन नागरिक संघ क्षेत्र न। ३ समितिका अध्यक्ष पाष्टर इसहाक गजमेरको सयोजकत्वमा भएको हो । कार्यक्रममा भद्रपुर ख्रीष्टियन समाजका अग्रजहरु र मण्डलीहरुबाट साथै नेपाली ख्रीष्टियन नागरिक संघका केन्द्रीय अध्यक्ष, हरिकुमार थापा ,झापा जिल्ला समिति तथा नगर समितिका सचीव हनोक राई र झापा जिल्ला पुर्वाध्यक्ष सिलास राईको उपस्थिति रहेको थियो ।

    भद्रपुर नगर प्रमुख गणेश पोख्रेलले सबै धर्मको लक्ष्य एउटै हुन्छ र ख्रीष्टियन धर्मको लक्ष्य भनेको पनि एक–आपसमा सद्भाव, प्रेम नै हो । र गरीबनिमुखालाई मलहमपट्टि लाउने हामी सबैकै हो । धार्मिकताले नै देशलाई मजबुद बनाउँछ भन्ने मुल नारा लिएर अगाडि बढ्नुभएको छ सफलताको शुभकामना दिनुभयो ।

    नेपाली ख्रीष्टियन नागरिक संघको क्षेत्रिय अध्यक्ष इसाहक गजमेरले यो दर्ताको पहलगर्दाको आइपरेका समस्या र सफल प्राप्त गर्नुका साथै यसका उद्धेश्यबारे प्रष्ट्याएका थिए । रेभ गोपाल खनालद्धारा बाइबलिय खण्डबाट संघलाई उत्साहित तुल्याएका थिए ।

    भौतिक पुर्वधारमन्त्री भूमी प्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा भएको यस शुभकामना आदन–प्रदान कार्यक्रम को सञ्चालन पा बिजय घतानीले गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा

    २ दिन अगाडि

    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा

    २ दिन अगाडि

    ‘महाभोज’को प्रदर्शन मिति तय जेठ ३० गतेलाई

    २ दिन अगाडि

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब लिटरको कति ?

    ३ दिन अगाडि

    मंगोल नेशनल अर्गनाइजेसन झापाद्वारा १८औँ गणतन्त्र दिवस मनाए

    ६ दिन अगाडि

    तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा
    २ दिन अगाडि
    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा
    २ दिन अगाडि
    ‘महाभोज’को प्रदर्शन मिति तय जेठ ३० गतेलाई
    २ दिन अगाडि
    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब लिटरको कति ?
    ३ दिन अगाडि
    मंगोल नेशनल अर्गनाइजेसन झापाद्वारा १८औँ गणतन्त्र दिवस मनाए
    ६ दिन अगाडि
    तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता
    १ हप्ता अगाडि
    विषाक्त च्याउ खाँदा इलाम माङसेबुङका तीन जनाको गयो ज्यान
    १ हप्ता अगाडि
    हराइरहेका बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन
    १ हप्ता अगाडि
    थानकाेटमा सवारी दुर्घटना, कारलाई ठाेकेर घरकाे भित्तामा पुग्याे फाेर्स
    १ हप्ता अगाडि
    रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा
    १ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.