तरुण राई,
७ मंसिर,
काँकरभिट्टा । एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा इन्टरनेट सेफ्टी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एक्का नेपाल झापाका काउन्सेलरको आयोजना र एमिटी पब्लिक स्कूल काँकरभिट्टामा रहेको एमिटी प्रकृति क्लबको सहयोगमा भएको सो अभिमुखिकरण कार्यक्रम मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा अवस्थित सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।
अभिमुखिकरण कार्यक्रममा काउन्सेलर विष्णु प्रसाई, प्रियंका दनुवार लगायत एमिटी प्रकृति क्लबबाट प्रतिनिधित्व गरेका विद्यार्थीहरुद्धारा आजको समयमा इन्टरनेटको महत्व र आवश्यकता, बालबालिकाहरुले इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित हुने साथै इन्टरनेट दुरप्रयोग भइहालेमा यसको हानि र जोखिमहरुबाट कसरी जोगिने र इन्टरनेट प्रयोग गर्दा आफु असुरक्षित भएमा यसले निम्त्याउन सक्ने मानसिक र स्वास्थ्यलाईमा पर्ने नराम्रो असरलाई कसरी समाधान गर्ने भन्ने बारेमा जानकारी दिनुभयो।
सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयका प्रधान अध्यापक सिबु मैनालीले एक्का नेपालका काउन्सेलरहरुलाई धन्यवाद दिनुको साथै यस प्रकारका अभिमुखिकरण कार्यक्रम नौलो भएको र हामीले हाम्रो बाल बालिकाहरुमा कसरी इन्टरनेटको हानि र जोखिमहरुबाट कसरी जोगिने भन्ने बारेमा आफ्नो भनाई राख्नु भयो।
सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयका कक्षा ८ र ९ का ५० जान विद्यार्थी माझ भएको सो अभिमुखिकरण कार्यक्रमको सञ्चालन काउन्सेलर चाँदनी अन्सारीले गर्नुभएको थियो भने काउन्सेलर विशिका श्रेष्ठ र काउन्सेलर सलिन सुब्बाले एक्का नेपाल र झापाका काउन्सेलरका बारेमा जानकारी दिनुभएको थियो ।

