Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    प्रकाश र परीक्षाले सकाए ‘सोल्टिनी’को छायांकन, रिलिज संविधान दिवसमा

    ३० माघ २०८१, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट५ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    अभिनेता तथा गायक प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूको जोडी बाँधिएको फिल्म ‘सोल्टिनी’को छायांकन पूरा भएको छ । इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुर गाउँका दृश्यहरू कैद गर्दै ३६ दिनमा फिल्म प्याकअप भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए । मंगलबार साँझ भोजपुरको अन्नपूर्ण गाउँमा फिल्मको अन्तिम दृश्य खिचिएको थियो ।

    निर्देशक सुवेदीले पर्याप्त पूर्व तयारीका कारण समयमै छायांकन सकिएको बताए । ‘सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिमकै कारण हामीले निर्धारित समयभित्रै छायांकन सकायौं,’ सुवेदी भन्छन्, ‘इलाम बजारदेखि भोजपुरसम्मका विविध स्थानहरूको चयनले कथालाई जीवन्त बनाउन मद्दत गर्‍यो ।’ अर्जुनले यसअघि फिल्म ‘रंगेली’ निर्देशन गरेका थिए ।

    ‘सोल्टिनी’मा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतको अभिनय छ । प्रकाशले ‘भीमसेन पोखरेल’ र परीक्षाले ‘दिलासा राई’को भूमिका निभाएका छन् । उनीहरुबीचको अन्तरजातीय प्रेमकथामा फिल्म आधारित छ ।

    सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ । आगामी असोज ३ गते (संविधान दिवस)लाई प्रदर्शन मिति घोषणा भइसकेको फिल्मका निर्माताहरु रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । फिल्मले नेपाली समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध सशक्त रुपमा आवाज उठाउँदै दुई प्रमुख पात्रबीचको प्रेमकथा भन्ने जनाइएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    ५ घण्टा अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    ५ घण्टा अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    १० घण्टा अगाडि

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल

    २२ घण्टा अगाडि

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन

    ३ दिन अगाडि

    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा

    ४ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    ५ घण्टा अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    ५ घण्टा अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १० घण्टा अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    २२ घण्टा अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    ३ दिन अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    ४ दिन अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    ५ दिन अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    ६ दिन अगाडि
    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    ७ दिन अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    १ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.